सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पत्रकारमाथि आक्रमण भएकोमा विराेध

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
पत्रकारमाथि आक्रमण भएकोमा विराेध

oppo_2048

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुधाम । पत्रकारमाथि भएको आक्रमणविरुद्ध धनुषामा पत्रकारहरुले विरोध तथा धर्ना दिने भएका छन् । पत्रकारमाथि आक्रमण भएको पाँच दिनभन्दा बढी हुँदा पनि प्रहरी प्रशासनले कुनै चाँसो नदिँदा सोविरुद्ध नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आइतबार बिहान १०ः३० बजे महासंघ धनुषा र ११ बजे जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरुले विरोध प्रदर्शन तथा धर्ना दिने भएका हुन् ।

गत मङ्गलबार पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानबाट प्राप्त जग्गा विवादमा बार एशोसिएसन धनु्षाका पदाधिकारी तथा सदस्यहरुले पत्रकारमाथि गरेको आक्रमणविरुद्ध धर्ना दिने तयारी भएको महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटना भएको पाँच दिनसम्म पनि प्रहरी प्रशासनले कुनै चाँसो नदेखाएको हुँदा प्रहरी प्रशासन तथा पत्रकारमाथिको आक्रमणविरुद्ध धर्ना दिने तयारी भएको हो ।

धनुषाका अध्यक्ष गुप्ताका अनुसार यसअघि सो जग्गाबारे महासंघ र बारबिच मौखिक रुपमा वार्ता समेत भएको थियो । आगामी दिनमा कसरी हुन्छ सहज रुपमा जाने, तर यसै बिच बारले मौखिक रुपमा कुराकानी हुँदाहुँदै पनि अदालतमा मुद्दा दायर गर्नु, पत्रकारमाथि भौतिक आक्रमण गर्नुले कानुनमाथि नै प्रश्न उठेको छ । जो सधैभरी कानुनको बाटो देखाउने उ नै कानुन विरोधी क्रियाकला गर्न अग्रसर भएको देखियो ।

उक्त घटनामा महासंघ मधेशका महासचिव शैलेन्द्र महतोको खुट्टा भाँचिएको, पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको, अलिन निरालाको आखामा चोट तथा महासंघ मधेशका महिला उपाधयक्ष ज्योति झा र पत्रकार विनिता यादवमाथि पनि लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै आपत्तिजनक व्यवहार गरिएको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जग्गाको विवाद एथावत छ, विचाराधिन अवस्थामा छ । तर ६ जनाभन्दा बढी पत्रकार घाइते हुँदा पनि प्रहरी प्रशासनले कुनै एक्शन लिएको छैन । प्रधानमन्त्रीले पनि सो घटना बारे सार्वजनिक मञ्चबाटै प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । तर पनि कुनै सुनुवाई नहुँदा धर्ना गर्ने तयारी गरेका छौं ।”

जनकपुरधाम उपमहानगरपालिका –४ स्थित प्रादेशीक प्रयोगशालाको अगाडि रहेको महासंघ प्रदेश समितिको जग्गामा भएको पत्रकारकार सम्मेलन पश्चात बारका पदाधिकारीसहितको टोली आएर पत्रकारहरुसँग विवाद गर्दै अपशब्द पनि प्रयोग थाल्यो । सो क्रममा वाकिलहरुले पत्रकारमाथि हातपात गर्दा पत्रकारहरु घाइते भएका थिए । विवादका क्रममा बारका सदस्यहरुले, “अदालत हाम्रो गोजीमा छ, हामी जे चाहन्छौं त्यही हुन्छ” भन्दै पत्रकारमाथि आक्रमण गरेको अध्यक्ष बन्जाराले बताउनुभयो ।

यसअघि महासंघ मधेश प्रदेशले यही साउनमा भवन निर्माणका लागि सो जग्गा केन्द्रीय गुठी संस्थानसँग २० वर्षका लागि लिजको सम्झौता गरिसकेको छ । सम्झौता पश्चात महासंघ प्रदेशले सो जग्गामा भवन निर्माणको तयारी गरिरहेकै बेला बार धनुषाले आफ्नो पार्किङको बोर्ड लगाएर जग्गा कब्जा गर्न खोजेको पत्रकार महासंघ प्रदेशको आरोप छ ।

उक्त जग्गा राम मन्दिर गुठीको उक्त जग्गामा महासंघ मधेश समितिको प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ भने यता सोही जग्गामा बारले आफ्नो भन्दै हकदावी गर्ने प्रयास पनि गरेको छ ।

यस घटनाबारे अध्यक्ष बन्जाराले गत शुक्रबार जनकपुरधामको एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र समेत बुझाउनुभएको छ ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

८ घण्टा अगाडि
शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षक संगठनहरूलाई मान्यता नदिने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक