बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्पद्वारा ‘राष्ट्रिय गार्ड’ परिचालनको घोषणा

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा अपराध नियन्त्रणका लागि राष्ट्रिय गार्ड परिचालन गर्ने घोषणा गरेका छन्। उनले अपराध तथा बेघरपन नियन्त्रण गर्न कठोर कदम चाल्नुको विकल्प नभएको बताए। यस कदमलाई मेयर म्युरियल बाउजरले भने अस्वीकार गरेकी छन्।

डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसीलाई ‘सम्पूर्ण रुपमा कानूनीहीनताको अवस्था’मा परिणत भएको दाबी गर्दै यसलाई नियन्त्रणमा लिन ‘सार्वजनिक सुरक्षा आपतकाल’ घोषणा गरेका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै शहरलाई ‘अपराध, रक्तपात, अराजकता, फोहर र त्यसभन्दा पनि खराब अवस्थाबाट उद्धार गर्न ऐतिहासिक कदम चाल्नुको विकल्प छैन।’

ट्रम्पका अनुसार राजधानी डीसी ‘हिंसात्मक गिरोह र रगतपिपासु अपराधी तथा नशालु पागल र बेघर व्यक्तिहरू’ को अड्डामा परिणत भएको बताए। उनले शहरको प्रहरी बललाई प्रत्यक्ष संघीय नियन्त्रणमा ल्याउन ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट’ प्रयोग गर्ने घोषणा गरेका छन्। उनले गत साता केही संघीय कर्मचारी र निर्वाचित प्रतिनिधिमाथि भएको आक्रमणको प्रसंग पनि उठाएका थिए।

तर, शहरकी मेयर म्युरियल बाउजरले अपराधबारे राष्ट्रपतिको दाबी अस्वीकार गर्दै पहिलाको तुलनामा अपराध कम भएको बताइन्। उनले २०२३ मा अपराध दर बढेको स्वीकार गरे पनि अहिले कुनै पनि ‘अपराधको श्रृंखला’ नभएको दाबि गरिन्। प्रहरी विभागको तथ्यांकअनुसार, २०२३ र २०२४ बीच हत्या दर ३२ प्रतिशतले घटेको छ र २०१९ पछि सबैभन्दा न्यून स्तरमा पुगेको छ। यस वर्ष पनि यो दर थप १२ प्रतिशतले घटेको देखिन्छ।

मेयर बाउजरले ट्रम्पको कदमलाई ‘अस्वस्थ र अभूतपूर्व’ भन्दै यसले संघीय कानूनको उल्लंघन गरेको दाबी गरेकी छन्। उनले ट्रम्पको यो कदम उनको पहिलो कार्यकालमा कोभिड-१९ महामारीको समयमा भएको अनुभवबाट प्रेरित भएको बताइन्।

ट्रम्पले विगत सप्ताहन्तमा पठाइएका संघीय कानून कार्यान्वयन अधिकारीहरूलाई सहयोग गर्न थप ८०० राष्ट्रिय गार्ड सैनिकहरू परिचालन गराएका छन्। तर, सेनाले विज्ञप्तिमा जनाएअनुसार, जुनसुकै समयमा १०० देखि २०० जनासम्म मात्र परिचालन हुने छन्।

‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट’ अनुसार राष्ट्रपतिले विशेष आपतकालीन अवस्थामा शहरको प्रहरी बलको नियन्त्रण लिन सक्छन्। तर, ४८ घण्टाभन्दा बढी नियन्त्रण राख्नुपरेमा कांग्रेसलाई लिखित जानकारी दिनुपर्छ र यो नियन्त्रण ३० दिनभन्दा बढी हुन सक्दैन। मेयर बाउजरले भने अहिले त्यस्तो कुनै आपतकालीन अवस्था नरहेको दाबी गरेकी छन्।

अपराधसँगै ट्रम्पले डीसीको बेघरपनबारे पनि कडा टिप्पणी गर्दै सबैलाइ शहर बाहिर निकाल्ने बताए। उनले बेघर मानिसहरूलाई शहरबाहिर पठाउने बताए। स्थानीय समूहहरूका अनुसार वाशिङ्टन डीसीमा बेघर व्यक्तिको संख्या विगत ५ वर्षको तुलनामा करिब २० प्रतिशतले घटेको छ। उनीहरूले ट्रम्पको यो प्रस्तावलाई दीर्घकालीन समाधान नभई समस्यालाई अर्को ठाउँमा सार्ने प्रयास मात्र भएको बताएका छन्।

यसैबीच, ह्वाइट हाउसबाहिर प्रदर्शनकारीहरू भेला भई ‘डीसीलाई हात नहाल र होम रुलको रक्षा गर।’ जस्ता नारा लगाए। उनीहरूले ट्रम्पको नियत शहरको सुरक्षाभन्दा नियन्त्रणमा बढी रहेको आरोप लगाएका छन्।

ट्रम्पले यसअघि पनि लस एन्जलसमा अशान्ति नियन्त्रण गर्न राष्ट्रिय गार्ड परिचालन गरेका थिए। वाशिङ्टन डीसीमा राष्ट्रिय गार्ड परिचालनको अन्तिम घटना सन् २०२१ मा क्यापिटल दंगाको बेला भएको थियो।

यो पनि पढ्नुहोस्

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

१ दिन अगाडि
अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

इरानले अमेरिकासँग वार्ता नगर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनकाे अन्तिम तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक