आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अष्ट्रेलिया टुर टी२० विश्वकप छनोटको तयारीका लागि सहयोगी हुने

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
अष्ट्रेलिया टुर टी२० विश्वकप छनोटको तयारीका लागि सहयोगी हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अष्ट्रेलिया टुर टी२० विश्वकप छनोटको तयारीका लागि सहयोगी हुने जनाएका छन् ।

आइतबार क्यानले आयोजना गरेको जर्सी स्पोनसिप साइनिङ तथा बिदाई कार्यक्रममा कप्तान रोहितले अष्ट्रेलिया टुर राम्रो हुने जनाएका हुन् ।

नेपालले पहिलो पटक अष्ट्रेलियामा गएर टप एण्ड टी२० क्रिकेट प्रतियोगिता खेल्न लागेको हो । जहाँ पाकिस्तान र बंगलादेश जस्ता टेष्ट राष्ट्रको ए टिम देखि अष्ट्रेलियाको बिग बास लिग खेल्ने टिमको एकेडेमी टिम समेत खेल्दैछ ।

‘हामी भोलि अष्ट्रेलिया टुरको लागि जाँदैछौं । टी२० विश्वकप छनोटको लागि बिल्ड अप हो । विशेषगरी अष्ट्रेलियामा टिमहरु राम्रो छन् । बिग बासको टिम, पाकिस्तान र बंगलादेश ए टिमहरु छन्’ रोहितले बिदाइ समारोहमा भने ।

उनले टी-२० विश्वकप छनोटको तयारीका लागि यस टुरले सहयोग पुग्ने र टी-२० विश्वकपमा छनोट हुने आशावादी रहेको समेत बताए । ‘टी२० विश्वकप छनोटअघि सबै खेलाडीहरु राम्रो सेपमा हुनुहुन्छ जस्तो लाग्छ । केही दिनअघि बेंगलोरमा १५ दिनको राम्रो क्याम्प भयो । आउने टी-२० विश्वकपमा हामी छनोट हुन्छौँ भनेर हामी धेरै पोजिटिभ छौं’ रोहितले भने ।

नेपालले सन् २०१४ मा पहिलो पटक बंगलादेशमा भएको टी२० विश्वकप खेलेको थियो । त्यसको दश वर्षपछि नेपालले सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकप खेलेको थियो ।

तेस्रो पटक टि२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले अक्टोबरमा ओमान एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्नेछ ।

अब भने नेपालले विश्वकप खेल्न लामो समय कुर्नु नपर्ने र आउने टी२० विश्वकप नै खेल्ने विश्वास क्यान सचिव पारस खड्काको पनि छ । ‘अब हामीले टी२० विश्वकप खेल्न दश वर्ष कुर्नुपर्दैन । आउने विश्वकपमा छनोट हुने विश्वास छ’ बिदाइ कार्यक्रममा सचिव पारसले भने ।

यस्तै क्यान अध्यक्ष चतुर बहादुर चन्दले पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको र टी२० विश्वकप छनोट खेल्नुअघि नेपालले राम्रो टिमसँग खेल्ने अवसर पाएको र त्यसको भरपुर सदुपयोग गर्न र उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले क्यान भित्र सानोतिनो पोलिटिक्स भएपनि खेलाडीले त्यतातिर ध्यान नदिई खेलमा ध्यान दिनुपर्ने बताए ।

मुख्य प्रशिक्षक स्टुअर्ट ल ले अष्ट्रेलियाको मौसम फरक हुने र फरक खालको ब्राण्डको क्रिकेट रहेको बताए । उनले ८ दिनमा ६ खेल खेल्नुपर्ने र टी-२० विश्वकप छनोटका लागि यो राम्रो तयारी हुने जनाए ।

नेपालले टप एण्ड टी२० कपमा आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए र तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ ।

टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । ९ टोली सहभागी छनोटमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।

छनोटमा तीन समूहबाट शीर्ष दुई-दुई टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसपछि शीर्ष तीनमा रहने टोली टी-२० विश्वकपमा छनोट हुनेछ ।

यो पनि पढ्नुहोस्

“धर्ती आकाश” बोलको गीत सार्वजनिक

“धर्ती आकाश” बोलको गीत सार्वजनिक

१ घण्टा अगाडि
खाडीमा रहेका ६५ हजार ८८६ नेपालीकाे विवरण दर्ता

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

“धर्ती आकाश” बोलको गीत सार्वजनिक

रास्वपाको सचिवालय बैठक भाेलि बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक