काठमाडौं । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएपछि नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोटचरणबाटै बाहिरिएको छ ।
भुटानमा जारी छनोट खेलमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो । समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपका लागि छनोट भएको हो ।
पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औँ मिनेटमा दोस्रो, २४औँ मिनेटमा तेस्रो, ३७औँ मिनेटमा चौथो र ४१औँ मिनेटमा पाचौं गोल गर्यो । दोस्रो हाफमा ४८औँ, ५३औँ, ८८औँ, इन्जुरी समयको पहिलो, छैटौँ र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।
नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।
छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।
समूह ‘एच’ मा बंगलादेश र दक्षिण कोरियाले दुई–दुई खेलमा ६ अंक जोडिसकेका छन् भने समूह ‘जी’ मा उर्जेकिस्थान र जोडनसँग पनि दुई खेलको समाप्तिमा ६ अंक छ । यसैगरी समूह ‘एफ’ मा जापान र इरानसँग पनि दुई खेलको समाप्तिमा ६ अंक छ भने समूह ‘इ’ मा चाइना र लेबनानको पनि दुई खेलको समाप्तिमा ६–६ अंक जोडेका छन् । यसैगरी अस्ट्रेलिया र चाइना ताइपेसँग पनि दुई खेलको समाप्तिमा ६ अंक जोडेका छन् ।


