बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाजा सिटी कब्जा गर्ने योजनालाई लिएर चर्को आलोचना

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 4 mins read
0
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इजरायलले गाजा सिटी कब्जा गर्ने योजनालाई लिएर राष्ट्रसंघमा चर्को आलोचना भएको छ। गाजा सिटीमा आफ्नो आक्रमण विस्तार गर्ने र सिटी नियन्त्रणमा राख्ने इजरायलको योजनाका विषयमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा कडा आलोचना भएको हो।

धेरै देश र राष्ट्रसङ्घका अधिकारीहरूले इजरायलको यो कदमले जारी द्वन्द्वलाई ‘अर्को भयावह अध्याय’ तर्फ लैजाने जनाएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय तथा मानवीय कानुन उल्लङ्घन हुने चेतावनी दिंदै यो योजनालाइ रोक लगाउनु पर्ने जनाए।

प्यालेस्टिनी दूतले इजरायललाइ कडा प्रतिबन्ध लागउन माग गर्दै इजरायलले गाजामा अकल्पनीय नरसंहार गरिरहेको आरोप लगाए। यस योजनाले हमासको नियन्त्रणमा रहेका बन्धकहरूको जीवन झन् जोखिममा पार्ने र गाजामा थप विस्थापन, हत्या र विध्वंस निम्त्याउने भन्दै बेलायत, फ्रान्स, चीन, रुस लगायतका देशहरूले यसबाट पछि हट्न इजरायललाई आह्वान गरेका छन्।

राष्ट्रसङ्घका सहायक महासचिव मिरोस्लाभ जेन्काले गाजामा ‘अर्को विपद् जन्मिने’ चेतावनी दिएका थिए। उनले मानवीय सहायतासम्बन्धी अधिकारी रमेश राजासिङ्घमले त्यहाँ ‘स्पष्ट र विशुद्ध भोकमरी’ रहेको टिप्पणी गरे।

यस आलोचनाका बीच संयुक्त राज्य अमेरिकाले भने इजरायलको बचाउ गरेको छ। राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले इजरायललाई आफ्नो सुरक्षा रणनीतिबारे निर्णय गर्ने अधिकार रहेको जनाइन्।

उनले आलोचकहरूले ‘हमासको प्रचारबाजीलाई सघाइरहेको’ आरोप लगाउँदै हमासले बन्धकहरू रिहा गरेमा युद्ध आजै समाप्त हुने दाबी गरिन्। उनले भनिन् ‘इजरायलमाथि नरसंहारको आरोप लगाउनु सरासर गलत र झुट हो। हमासको प्रचारमा समय खर्चिनु निरासाजनक छ।’ उनले सदस्य राष्ट्रहरूले यस बैठकको दुरुपयोग गरेको आरोपसमेत लगाइन्।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो योजनाको प्रतिरक्षा गर्दै यसले ‘हमासलाई परास्त गर्ने एकमात्र उपाय’ भएको दाबी गरे।

उनले आक्रमणले गाजा सिटीका साथै पाँच लाख विस्थापितहरू बसिरहेका शिविरहरूलाई समेत निशाना बनाउने बताए। विदेशी पत्रकारहरूसँगको भेटमा नेतन्याहूले हमासलाई ‘नवनाजीहरू’ को सङ्ज्ञा दिए।

यता, हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ यता गाजामा ६१ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ र भोकमरी तथा कुपोषणका कारण मात्रै २१७ जनाको मृत्यु भएको छ।

यो पनि पढ्नुहोस्

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

११ घण्टा अगाडि
आबेको हत्या प्रकरणमा दोषी ठहर भएकालाई आजीवन कारावासको सजाय

आबेको हत्या प्रकरणमा दोषी ठहर भएकालाई आजीवन कारावासको सजाय

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक