बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुनै पनि नाममा गरिने आतंकवादी गतिविधि सह्य हुँदैन : राजेन्द्र महतो

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
कुनै पनि नाममा गरिने आतंकवादी गतिविधि सह्य हुँदैन : राजेन्द्र महतो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आइतबार काठमाडौंको बतिसपुतलीस्थित होटल तपसमा भएको सो विचार गोष्ठीमा विभिन्न राजनीति दलका शीर्ष नेताहरुले आआफ्नो धारणा राखेका थिए ।
विचार गोष्ठीमा पूर्वपरराष्ट्रमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । यादवले आतंकवादी गतिविधिलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने समेत जिकिर हुन् ।
आतंकवादी गतिविधि राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानव विरोधी भएको अध्यक्ष यादवले बताए । “दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,” उनले भने ।
यस्तै, सो कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतंक हुन नहुने बताए ।
नेपाल-भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए । उनले भने, ‘आतङ्कवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतङ्क पनि सिर्जना हुन्छ । व्यक्ति आतङ्क, राज्य आतङ्क, समूह आतङ्क विभिन्न हुन्छन् । राज्य आतङ्क पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतङ्कपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् ।’
त्यसैगरी, नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री डा.मीनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य भएको बताएका छन् ।
उनले देशभित्रको राजनीतिक विषयलाई आतङ्कवादसँग जोडेर हेर्न नहुने बताउँदै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहको रूपमा व्याख्या गरे । उनले भारतमाथि हुने कुनै पनि आतङ्क वा सुरक्षा सम्बन्धी आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै भारतको लागि मात्र होइन, कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिइने स्पष्ट पारे ।
भारत र नेपालको सम्बन्धलाई कुनै पनि मुलुकसँग दाँज्न नसकिने बताउँदै नेता रिमालले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । साथै उनले भारत–चीन सम्बन्धमा कटुता बढे नेपालका विकास निर्माणदेखि अन्य क्षेत्रमा असर पर्ने चेतावनी दिए ।
कार्यक्रममा अन्य वक्ताहरुले दक्षिण एसिया आतंकवादको हटस्पट बन्दै गएको र यस्तो समस्याको स्थायी समाधानका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएका थिए ।
विचार गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आतंकवाद केवल सुरक्षा चुनौती मात्र नभई राजनीतिक, सामाजिक, आर्थिक र भूराजनीतिक आयामसँग जोडिएको जटिल समस्या भएको उल्लेख गरे ।
उनले अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्स सम्मिलित दक्षिण एसिया क्रस–बोर्डर आतंकवाद, पृथकतावादी आन्दोलन, धार्मिक कट्टरपन्थ र राज्य प्रायोजित गतिविधिबाट प्रभावित भएको जिकिर गरे ।
त्रिपाठीले आतंकवादका कारण मानवीय क्षति, आर्थिक अवरोध, सामाजिक असन्तुलन र क्षेत्रीय अस्थिरता तीव्र भएको बताए ।
नेपाल–भारत विकास मञ्चका अध्यक्ष रामकिशोर सिंहको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन निर्मला सुवेदीले गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

६ घण्टा अगाडि
इजिप्टले पेट्रोलको मूल्य बढायो

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

‘द ब्ल्यू लाइट’ रिलिज

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक