शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एआईको विकासको चर्चा

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
एआईको विकासको चर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले भोलिको आदिवासीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।

३१औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आज काठमाडौँमा आयोजना गरेको विशेष मूल समारोहलाई सम्बोधन गर्दै समयअनुसार आदिवासीले आफ्ना सन्ततिलाई विश्वमा चर्चामा रहेका विषयको अध्ययन अनुसन्धानमा लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बदलिँदो प्रविधिको विकासमा हामीले हाम्रा सन्ततिलाई लगाउनुपर्‍यो ।’ विश्वका अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातिले धेरै अधिकार प्राप्त गरेपनि अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेको बताउनुभयो । ‘२०७२ साल असोज ३ गते संघीय नेपालको संविधान जारी भएपछि नेपालका आदिवासीको मातृभाषाले पनि राष्ट्रिय भाषाको मान्यता प्राप्त गर्‍यो’, मन्त्री गुरुङले भन्नुभयो, ‘यो हामी आदिवासीको ठूलो उपलब्धि हो । जसका कारण आज थुप्रै मातृभाषा स्थानीय तहमा सरकारी कामकाजको भाषाको रूपमा लागू भएका छन् ।’ अहिले राज्यले आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने गरेको भन्दै त्यो अझै पर्याप्त नभएको उहाँले बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले स्वायत्तताको,स्वशासनको अधिकार हामीले खोजेको भन्दै स्थानीय तह/प्रदेशलाई आफैँले नीति तथा कार्यक्रम, बजेट, ऐन-कानुन बनाउने, स्वशासनको अधिकार दिइएको बताउनुभयो । ‘हामी आदिवासीले धेरै उपलब्धि हासिल गरेका छौँ । तर, त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

आदिवासीको पहिचान भनेको भाषा, संस्कार,संस्कृति, भेसभुसा, प्रथा जनित नियम कानुन भएको भन्दै उहाँले त्यसको संरक्षण नभएमा आदिवासीको पहिचान मेटिने बताउनुभयो । ‘आफ्नो पहिचानमा गर्व गर्नुस् । आफ्नो घरमा छोराछोरीलाई भाषा सिकाउनुस् । कतिपय कानुन अझैपनि बनेका छैनन्’, मन्त्री गुरुङले भन्नुभयो, ‘हामीले आदिवासीको अधिकारका लागि छुट्टै मन्त्रालय । छुट्टै विश्वविद्यालयको माग गर्‍यौँ । तर केही मात्रै प्राप्त भएको छ ।’ मन्त्री गुरुङले आदिवासी आयोग, जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ भनेर राखेको माग पूरा भएपनि अझैपनि थुप्रै अधिकार प्राप्त हुन बाँकी रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय फोरमहरूमा प्रतिनिधित्व गर्दा आफ्ना कुरा स्पष्ट रूपमा राख्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ठूला आयोजना आउन थालेपछि नेपालमा आदिवासीहरू विस्थापित हुने अवस्था आएको बताउनुभयो । ‘हाम्रा चौरी खर्च, भेँडी खर्कहरूबाट आदिवासी विस्थापित हुनुपर्‍यो’, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्जका नाममा राज्यले आदिवासीको भूमि खोस्यो । आदिवासी आफ्नो थातथलो छाडेर विस्थापित हुन बाध्य भए ।’

अध्यक्ष शेर्पाले अधिकार प्राप्तिका लागि पुनः लड्नुपर्ने बेला बताउँदै संविधान संशोधन गर्दा पहिचानको अधिकार कटौती गरेमा आदिवासी जनजातिको समर्थन नरहने बताउनुभयो । पछिल्लो समय निजामती ऐन, शिक्षा ऐन, भूमि ऐन सम्बन्धी विधेयकमा आएका आदिवासी विरोधी प्रावधान सच्याउन महासंघले पहल गरिरहेको उहाँले बताउनुभयो । हरेक वर्ष अगस्ट ८ का दिन विश्वासका आदिवासी समुदायले विश्व आदिवासी दिवस मनाउँदै आएका छन् । यश वर्ष “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ-१६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित नेपालमा यश वर्षको विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा पूर्व मन्त्रीहरू शेरबहादुर तामाङ, सीता गुरुङ, थममाया थापामगर, सांसदहरू सुरेश आलेमगर, दुर्गा राई, नेफिनका पूर्व अध्यक्ष पासाङ शेर्पा, संविधानसभाका सदस्य जिपछिरिङ लामा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारलगायतले आदिवासीको अधिकार प्राप्तिका लागि एक हुनुपर्ने बताएका थिए । त्यस अवसरमा चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र आदिवासी जनजाति वकिलहरूको समूह (लाहुर्निप)लाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने, महासचिव दिवस राई र उपमहासचिव रामकृष्ण लामा ब्लोनले कार्यक्रमको सहजीकरण गरेका थिए । मूल समारोह सुरु हुनुअघि आदिवासी समुदायका विभिन्न जातजातिले विभिन्न झाँकीसहितको र्‍याली प्रदर्शन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

२ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक