सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेसबाट निर्वाचित तीन तहका लागि कार्यसम्पादन निर्देशिका तयार

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका तयार गरिएको हो ।

गत असार २३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पास गर्दै परिमार्जनसहित अन्तिम पारित गर्ने निर्णय गरिएको थियो ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बुधबार सभापति, उपसभापति र महामन्त्रीहरू बसेर कार्यसम्पादन निर्देशिकालाई अन्तिम रूप दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

‘अस्ति बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न तहका जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पास गरेको थियो । त्यसलाई परिमार्जनसहित पास गर्ने भनिएको थियो,’ पौडेलले खबरहबसँग भने, ‘निर्देशिकाबारेमा गहन छलफल गरेर सभापति, उपसभापति र महामन्त्रीहरू सबैको सुझाव समेटेर निर्देशका तयार भयो ।’

कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न गर्न गठन गरिएका निर्देशक समितिहरूका लागि कार्यदेश (टीओआर) पनि तयार गरेको छ ।

कांग्रेसका विभिन्न सातवटा भ्रातृ संगठनहरूले अधिवेशन गर्न बाँकी छ । केन्द्रीय कार्यसमिति बैठकले बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने जिम्मा निर्देशक समितिहरूलाई दिएको छ ।

‘अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन निर्देशक समितिले गर्ने, निर्देशक समितिलाई पार्टीले टीओआर दिने भन्ने थियो,’ मुख्य सचिव पौडेलले भने, ‘त्यो टीओआर पनि आज तयार भयो । यिनै दुईवटा विषयमा छलफल भएको हो ।’

बूढानीलकण्ठ बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा थिए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषयमा पनि छलफल हुने चर्चा चलेको थियो ।

तर, मुख्य सचिव पौडेलले बैठकमा यसबारे कुनै छलफल नभएको बताए । ‘रामहरिजी नाम पनि उच्चरण भएन शुक्रबारको बैठकमा,’ उनले भने ।

यो पनि पढ्नुहोस्

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्ने

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्ने

५ घण्टा अगाडि
काठमाडौंका १० वटै क्षेत्रमा नेकपाकाे उम्मेदवारी टुंगो

काठमाडौंका १० वटै क्षेत्रमा नेकपाकाे उम्मेदवारी टुंगो

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक