काठमाडौं । तारकेश्वर नगरपालिका-११ नेपालटार हिलेटोल हाईटस्थित फाईवर वर्ल्ड कम्युनिकेशन प्रालिमा काम गर्ने सोही नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका-८ घर भएका २४ वर्षीय राजन भुजेलको शुक्रबार बिहान मृत्यु भएको छ ।
नेटको तार तान्नको लागि विजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


