काठमाडौं ।, साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो।
बढेसँगै सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैया कायम भएको छ।


