बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

राजगढ–२ मा प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु भएकोप्रति सम्वाद समूहको ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
राजगढ–२ मा प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु भएकोप्रति सम्वाद समूहको ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्वाद समूहका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।
मृतक यादव स्थानीय श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनले लाइसेन्स प्राप्त गरी कानुनी प्रक्रियामार्फत मदिरा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
तथापि, स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा दमनकारी शैली अपनाउँदै नियन्त्रणमा लिने क्रममा उहाँलाई गोली प्रहार गरी ज्यान लिएको घटनाले सम्पूर्ण मानवअधिकार, न्याय प्रक्रिया र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।
‘शान्तिपूर्ण तवरले समाधान गर्न सकिने स्थितिमा समेत बल प्रयोग गरिनु अमानवीय र गैरकानुनी हो। प्रहरीका लागि नियन्त्रणका वैकल्पिक उपायहरू हुँदाहुँदै गोली प्रहार गर्नु शक्ति दुरुपयोगको ज्वलन्त उदाहरण हो। यस्ता घटनाले संविधान प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्दछ।’, उनले विज्ञप्तिमा भनेका छन् ।
सो घटनालाई गम्भीर रूपमा लिँदै स्व. लालु यादवको हत्याको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तत्काल समिति गठन गरिनुपर्ने, घटनामा संलग्न दोषी प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही प्रक्रिया सुरु गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा तथा न्याय सुनिश्चित गरिनुपर्ने र राज्यले यस घटनालाई सामान्यीकरण नगरी गम्भीर संवेदनशीलताका साथ सम्बोधन गरिनुपर्ने माग सम्वाद समूहले गरेको छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘स्मरण रहोस्, यस्ता घटनाहरूले राज्य र नागरिकबीचको विश्वास खण्डित गर्ने मात्र होइन, सीमावर्ती क्षेत्रमा असन्तोष र अस्थिरता निम्त्याउने खतरा बढाउँछन्। खुला सिमाका संवेदनशील स्थानहरूमा राज्य संयन्त्रले जनतामाथि विश्वास गर्ने र लोकतान्त्रिक उत्तरदायित्व पूरा गर्ने कार्यशैली अवलम्बन गर्न अत्यावश्यक छ। न्यायको सुनिश्चितता नै स्थायी शान्ति र सुशासनको आधार हो। सरकार गम्भीर होस्।’

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक