काठमाडाैं । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल अहिले सुरू भएकाे छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। समूह ए को आफ्नो दोस्रो खेल खेलिरहेका नेपाल र साउदी दुवै टोली पहिलो जितको खोजीमा छन्।
यो खेलमा बराबरी वा हारको नतिजाले दुवै टोलीको एसियन कप छनोट यात्रा एक खेल अगावै सकिनेछ। नेपालले आजको खेलमा जित निकाले छनोटका लागि झिनो सम्भावना कायम रहनेछ।


