काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि २५ साउनसम्म ‘टाटा ईभी अटो कार्निभल’ आयोजना गरेको छ ।
टाटा मोटर्सका विद्युतीय गाडीहरूप्रति नेपाली बजारमा बढ्दो आकर्षण मध्यनजर गर्दै नेपालभरिका शोरुममा कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रम अन्तर्गत ग्राहकले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभरि निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहित जडान र इम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।
यो विशेष अफर २३ देखि २५ साउनसम्म मात्र उपलब्ध हुनेछ ।


