शुक्रबार दिउँसो भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपालले साउदी अरबलाई १–० ले पराजित गरेको हो । नेपालको जितमा सुकृया मियाले खेलको ९०औँ मिनेटमा निर्णायक गोल गरिन् ।
जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
नेपाल समूह ‘ए’मा रहेको छ । जसमा नेपाल र साउदी अरबसहित भुटान, उत्तर कोरिया र मंगोलिया रहेका छन् । समूहको विजेता र उपविजेता टोली १ अप्रिल २०२६ मा थाइल्याण्डमा हुने एएफसी यू– २० महिला एसियन कपमा सहभागी हुन पाउने छन् ।


