काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग सिजन २ का लागि १ सय ५० खेलाडी अक्सनमा छनोट भएका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार साउन २४ गते हुने अक्सनमा १ सय ५० जना खेलाडी छनोट गरिएको हो। खेलाडी दर्ता प्रक्रियामा ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए।
ती मध्येबाट नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० जनालाई अक्सनका लागि छनोट गरिएको हो।
ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन्। आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन्। अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए।


