आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेकमा सरकारी सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
नेकमा सरकारी सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२-८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने पनि बताएको छ ।

कलेज प्रशासनका अनुसार, प्रदेश छात्रवृत्ति अन्तर्गत प्रत्येक प्रदेशबाट चयन भएका एक-एक जना मेधावी विद्यार्थीलाई १००% शुल्क छुट दिइनेछ । यस छात्रवृत्तिका लागि एसइइ र +२ मा उच्च अंक ल्याएका, आर्थिक रूपले कमजोर, र इन्जिनियरिङ अध्ययनमा गहिरो रुचि भएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ । त्यस्तै, समुदाय छात्रवृत्ति अन्तर्गत सरकारी सामुदायिक विद्यालयमा +२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि पूर्ण वा आंशिक शुल्क छुट दिइनेछ । यस कार्यक्रमले ग्रामीण तथा कमजोर वर्गका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच बढाउने लक्ष्य राखेको छ ।

कलेजको भना समिति २०२५ का संयोजक रुपेश दही श्रेष्ठले बताए अनुसार, प्रदेश र समुदाय छात्रवृत्ति कलेजको समावेशी नीति र सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग हो । यसले राष्ट्रिय समावेशिता र समान अवसर प्रवद्र्धनमा सघाउ पु¥याउँछ, उनले भने ।

छात्रवृत्तिका लागि यथाशक्य छिटो सम्पर्क गर्न अनुरोध गरेको छ भने छनोट भएका विद्यार्थीहरूको नाम जतिसक्दो छिटो सार्वजनिक गने जनाइएको छ । आवश्यक कागजात, फारम तथा विवरणहरू नेक कलेजको वेबसाइट र कलेज प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नाफा नलिने उद्देश्यका साथ सञ्चालित यस कलेजले देशमा वढी भन्दा वढी इन्जिनियरहरुको उत्पादन होस् भन्ने हेतुले विभिन्न छात्रबतिहरु प्रदान गरी अध्ययन अध्यापन गराइरहेको जानकारी गराए । गैरनाफामूलक रुपमा सञ्चालित कलेजले शान्त वातावरणमा गुणस्तरीय अध्यययन अध्यापन भइरहेको उनले जनाए । त्यसकारण अब इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाइरहेका विद्यार्थीहरूलाइ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिद्वारा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित यस नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछु, उनले भने ।

पोखरा विश्वविद्यालयकै उत्कृष्ट कलेज, नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता, १०० भन्दा बढी अनुभवी फुलटाइम फ्याकल्टी, शहरी कोलाहलबाट टाढा, शान्त तथा हरियालीयुक्त वातावरण, आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय तथा रिसर्चका सम्पूर्ण सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय तह, प्रादेशिक, सञ्चालक समिति तथा विश्वविद्यालयगत छात्रवृत्तिहरू, काठमाडौं उपत्यका, काभ्रेसम्मको यातायात सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय गेस्ट लेक्चरहरूको व्यवस्था, समयानुकूल प्रविधियुक्त शिक्षण विधि, सर्वसुलभ शुल्क, गुणस्तरीय शिक्षा कलेजको विशेषताहरु रहेको बेलविस्तार उनले गरे । कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरी सात वटा कायक्रमहरु सञ्चालनमा रहेको जनाइएको छ ।

नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्वशासित संस्था हो, जसले सूचना प्रविधि, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स लगायत इन्जिनियरिङका विभिन्न शाखामा शिक्षण प्रदान गर्दै आएको छ । कलेज भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा अवस्थित छ ।

यो पनि पढ्नुहोस्

स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

७ घण्टा अगाडि
एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक