मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चुलु सुदूरपूर्व चुली हिमाल आरोहण गर्न सक्ने

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
चुलु सुदूरपूर्व चुली हिमाल आरोहण गर्न सक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले चुलु सुदूरपूर्व चुली हिमाल आरोहणका लागि खुला गरेको छ। साउन १८ गते बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले  चुली हिमाल आरोहणका लागि खुला गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए।

उनका अनुसार सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गरेको छ। सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

– अरुण ३ जलविद्युत परियोजना विकासको लागि विकासकर्ता कम्पनी र नेपाल सरकार (लगानी बोर्ड) बीच भएको परियोजना विकास सम्झौता बमोजिम डा. पवनकुमार श्रेष्ठ, डा. पवन कुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषयविज्ञ रहेका प्रोजेक्ट रिभ्यु प्यानल (पिआरपी) गठन गर्ने, पिआरपी एग्रिमेण्ट स्वीकृत गर्ने र नेपाल सरकारको तर्फबाट उक्त एग्रिमेण्टमा हस्ताक्षर गर्ने अख्तियारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गर्ने। 

– नेपालमा शोखी दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसिए नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसिसि फण्डिङ (नेपालको योगदानसमेत) बाट आर्जित आयमा आय वर्ष २०८२/८३ को लागि आर्थिक ऐन,२०८२ को दफा १८ को उपदफा (१) बमोजिम आयकर छुट दिने। यसरी दिइएको छुटको जानकारी नेपाल राजपत्रमा प्रकाशन गरी सार्वजनिक गर्ने।  नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच १४ सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको सहायता सम्झौताको धारा ३ को उपधारा ३.५ इम्प्लेमेण्टेशन लेटर मेसिनएसएमस टु इम्प्लेमेण्ट ट्याक्स एक्सिमसन अफ एमसीसी फण्डिङ विषयक कार्यान्वयन पत्र स्वीकृत गर्ने।

– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने। 

– सहसचिवहरू निर्मला अधिकारी भट्टराई (हाल कायममुकायम सचिव, सत्य निरुपण तथा मेलमिलाप आयोग) र इन्दिरा दहाल भट्टराईलाई नेपाल न्याय सेवाको राजपत्राङ्गित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी क्रमशः सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र नेपाल कानून आयोगको सचिव पदमां पदस्थापन गर्ने।

– २०८२ भदौ १० देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने मेन्टे भिजिट टु स्पेन, मलेसिया फर रेगुलेटरी रिफर्म इन नेपाल विषयक अनुभव आदान–प्रदान कार्यक्रममा खानेपानी मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति दिने।

– २०८२ असोज ६ देखि १७ गतेसम्म डेनमार्कको कोपेनहेगनमा आयोजना हुने युनाइटेड नेसन सिनियरनेशनल प्लानर्स कोर्स फर नेशनल प्लानर्स फ्रम ट्रप एण्ड पोलिस कन्ट्रिब्युसिङ कन्ट्रिज  विषयक कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

– आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सू चना नेपाल राजपत्रमा प्रकाशन गर्ने। 

– नेपालमा द युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको कार्यालय स्थापना तथा सञ्चालन गर्नेसम्बन्धी संलग्न  लेटर्स अफ एक्सचेन्ज स्वीकृत गर्ने र नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरी उक्त आदानप्रदानपत्र युएनओपिएसमा पठाउन परराष्ट्र सचिवलाई अख्तियारी प्रदान गर्ने।

– नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौँ जिल्ला साबिक थानकोट महादेवस्थान गा.वि.स. वडा नं. ८ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका ७ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रयोजनका लागि र वडा नं. २ ख को तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका ५ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माणको लागि चन्द्रागिरि नगरपालिका, काठमाडौँलाई उपयोग गर्न स्वीकृति दिने।

– युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिलराज पौडेल, चितवनलाई नियुक्त गर्ने।

– युनाइटेड मेवा खोला हाईड्रोपावर लिमिटेडलाई ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाको वडा नं ३ मेवा खोला जलविद्युत आयोजनाको १३२ के.भि. प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय बनको ३.३७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

– जलशक्ति हाइड्रो कम्पनी लि. लाई इलेप (तातोपानी) खोला जलविद्युत आयोजना निर्माणको लागि धादिङ्ग जिल्लाको रुविभ्याली गाउँपालिका वडा नं ४ मा रहेको राष्ट्रिय वनको ३.६३२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

– २०८२ साउन २६ देखि २७ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने इह्वा इन्टरनेशनल वर्कसर्प अन क्लाइमेट इन्डुस्ड ल्याण्ड्स्लाइड एण्ड सस्टेनेबल रिकोभरी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा वि.क.लाई स्वीकृति प्रदान गर्ने।

– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (पाँचौ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।

– चुलु सुदूरपूर्व चुली हिमाल आरोहणका लागि खुला गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।

– संयुक्त अरब इमिरेट्सको दुबईमा सञ्चालन हुने २८ औंयुपियु कंग्रेस कार्यक्रममा २०८२ भदौ २३ देखि २९ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने। 

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

११ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

११ घण्टा अगाडि

– बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने।

– राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गर्ने । 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक