काठमाडौं । एन्फा महिला लिग छनोटका लागि संकटा फुटबल क्लबले पुर्णिमा राईलाई अनुबन्ध गरेकाे छ।
नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीकी फरवार्ड पुर्णिमालाई क्लबले आइतबार सामाजिक सञ्जाल फेस्बुकमार्फत अनुबन्धन गरेको जानकारी दिएको हो। याेसँगै उनले एन्फा महिला लिग छनोट खेल्ने पक्का भएकाे छ। दुई साताअघि सम्पन्न साफ यु-२० महिला च्याम्पियनसिपमा उनले कुल १० गाेल गर्दै प्रतियाेगिताकै सर्वाधिक गाेलकर्ता बनेकी थिइन्।
संकटाले पुर्णिमासँगै यू-२० टोलीको आधा दर्जन खेलाडी अनुबन्ध गरेको छ।
आगामी २७ साउनदेखि सुरु हुने छनोटमा १४ टोलीको सहभागिता रहेको छ। संकटा छनोटको समूह ‘बी’ मा रहेकाे मा छ। छनोटबाट पाँच टिमले महिला लिगका लागि स्थान पक्का गर्नेछन्।


