सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको जनाएका छन् ।

जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते (२९–३१ जुलाई २०२५) सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको जनाए।

सभामुख घिमिरले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुनसक्छ ?’ भन्ने विषयमा बोल्दै भने, ‘आज संसद्को शक्ति केवल शब्दमा मात्र होइन, डिजिटल पहुँच र जनविश्वासमा निहित रहेका छ ।’

प्रविधि क्षेत्रमा बजेट वृद्धिलाई प्राथमिकता दिन अत्यन्त जरूरी भएको र डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षामा स्रोत सुनिश्चित गर्न सक्नुपर्ने उल्लेख गर्दे उनले ती व्रडिजिटल परिवर्तनको युगमा संसद् पछाडि मात्र लाग्ने नभई अग्रसर हुने संस्था बन्नुपर्ने जनाए।

‘सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सांसदहरूले सीधै नागरिकसँग संवाद गर्न, उनीहरूको प्रतिक्रिया लिन रजनमतलाई नीति निर्माणमा समावेश गर्न सक्षम भएका छन,’ उनले भने, ‘तर गलत सूचना, भ्रमपूर्ण प्रचारजस्ता प्रविधिको दुरुपयोगका समस्या बढ्दै गएका छन् । संसद्हरूको काँधमा प्रविधि प्रयोगसँगै डिजिटल साक्षरता प्रवर्द्धन गर्ने जिम्मेवारी रहेको छ ।’

सभामुख घिमिरेले संसद्हरूले मेसिन लर्निङ, डेटासेन्टर, डिजिटाइजेशन, स्पीच (टु-टेक्स्ट प्रविधिको अभ्यास गरेर संसदको कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने र यस्ता प्रविधिले जनसाधारणसँग संसद्को सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘नेपालमा आधुनिक प्रविधिमा आधारित भएर निर्माण भइरहेको सङ्घीय संसद्मा हामी कृत्रिम बुद्धिमत्ताको प्रयोग विधायन व्यवस्थापनमा गर्नेबारे अध्ययन भइरहेको जानकारी गराउन चाहन्छु’, सभामुख घिमिरेले भने, ‘नेपालमा हामीहाले कृत्रिम बुद्धिमत्तासम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम गरिरहेका छौँ ।’

उनले डिजिटल प्रविधिले संसद्को कार्यसञ्चालनमा पारदर्शिता, कार्यकुशलता र जनसहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जानकारी गराए । अनलाइन प्रसारण, ई संसद् प्रणाली, डिजिटल अभिलेख तथा इलेक्ट्रोनिक मतदान प्रणालीजस्ता प्रविधिले संसद्को कामकाजलाई आधुनिक, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाएको छन् ।

आजका दिनमा विश्वका सबैभन्दा ठूला कम्पनी प्रविधि क्षेत्रमै आधारित छन् । यसको अर्थ अबको युग प्रविधिबिना अघि बढ्न सक्दैन भन्ने हो ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

९ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविमाथि लागेकाे मुद्दा फिर्ताविरुद्ध पेसी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक