आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

राजनीतिक अस्थिरताको कारक कांग्रेस र एमाले नै भएको पुष्टि !

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गत वर्षको असारमा दुई ठूला दल कांग्रेस र एमालेले सत्ता गठबन्धनको सहमति गरे । यो गठबन्धन गर्नुको एउटा कारण उनीहरुले बताएका थिए, राजनीतिक स्थिरता । देशमा राजनीतिक अस्थिरताको समस्या देखिएकाले पनि स्थिरताका लागि यो गठबन्धन आवश्य भएको यी दलको भनाइ थियो । तर, बागमती प्रदेश सरकारमा देखिएको किचलो, अन्य प्रदेशमा पनि दलहरुबीचको विवादले राजनीतिक अस्थिरताका कारक यिनै ठूला दल कांग्रेस र एमाले रहेको पुष्टि भएको छ ।

बागमतीमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट दुई नेताहरुको नै अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । केन्द्रमा भएको सहमतिअनुसार यो प्रदेशमा मुख्यमन्त्रीको पहिलो कार्यकाल कांग्रेसले पाएको थियो । कांग्रेसबाट संसदीय दलको चुनाव जित्दै बहादुरसिंह लामा मुख्यमन्त्री भए । अहिले उनका प्रतिस्पर्धी प्रदेश सभापति इन्द्र बानियाँ आफू मुख्यमन्त्री हुनुपर्ने लबिइङमा छन् । लामा एक वर्ष मुख्यमन्त्री भइसकेकाले अब आफ्नो पालो रहेको बानियाँको भनाइ छ । अहिले लामाले प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाएका छन् भने मुख्यमन्त्रीको पद नै धरापमा परेको छ । तर, कांग्रेसको यो आन्तरिक किचलोको असर राजनीतिक स्थिरता परेको छ । यसको असर देश र जनताले भोग्नुपरेको छ ।

यो त हालको एउटा उदाहरण मात्र हो । यस्तै, समस्या अन्य प्रदेशमा पनि छन् । जसका कारण राजनीतिक स्थिरता कायम हुन सकेको छैन । अहिले मात्र नभई विगतदेखि कयौं वर्षदेखि यो समस्या दोहोरिरहेको छ । अझ प्रमुख दुई दलको आन्तरिक र आपसी विवाद, सत्ता स्वार्थ, र संरचनात्मक समस्याहरूले यो अस्थिरतालाई बढावा दिएको छ । यी घटनाले कांग्रेस र एमाले दुवैमा आन्तरिक गुटबन्दी र नेतृत्वको लागि तीव्र प्रतिस्पर्धा रहेको पुष्टि हुन्छ ।

संघीयताको कार्यान्वयनमा नेपालले नयाँ संरचना अपनाएको छ, तर संघीय सरकार र प्रदेश सरकारबीच अधिकार बाँडफाँट, स्रोत व्यवस्थापन, र नीतिगत समन्वयमा कमी छ । कांग्रेस र एमालेको नेतृत्वमा रहेका सरकारहरूले प्रदेश सरकारलाई पूर्ण अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेको र केन्द्रीय शक्तिको प्रभाव कायम राख्ने प्रयास गरेको देखिन्छ । यसले प्रदेश सरकारलाई कमजोर बनाएको छ, जसले राजनीतिक अस्थिरता निम्त्याएको छ ।

दुवै दलका नेताहरूले संघीयताको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा, प्रदेश र स्थानीय तहमा स्वायत्तता र अधिकारको अभ्यास प्रभावकारी हुन सकेको छैन । उदाहरणका लागि, मुख्यमन्त्री नियुक्ति, प्रदेशको नामकरण र राजधानी तोक्ने जस्ता निर्णयहरूमा केन्द्रीय नेतृत्वको हस्तक्षेपले प्रदेश सरकारको स्वायत्ततालाई कमजोर बनाएको छ । यी दुई दलले चुनावी अभियानमा प्रदेश सरकारको महत्व र औचित्यबारे जनतालाई पर्याप्त जानकारी दिन नसकेको र आफ्ना उम्मेदवारहरूलाई केन्द्रीय संसदको सहयोगीको रूपमा प्रस्तुत गरेको देखिन्छ । यसले जनतामा संघीयताप्रतिको विश्वास कमजोर भएको छ ।

कांग्रेस र एमालेको आन्तरिक विवाद, सत्ता स्वार्थ, केन्द्रीकृत मानसिकता र संघीयताको अपूर्ण कार्यान्वयनले नेपालमा संघ र प्रदेश तहमा राजनीतिक अस्थिरता निम्त्याएको छ । यी समस्याहरू समाधान गर्न दलहरूले आन्तरिक सुधार, समन्वय र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

१ मिनेट अगाडि
मतदाता शिक्षा कार्यक्रम सुरु

मतदाता शिक्षा कार्यक्रम सुरु

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक