सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकताको कसरतमा प्रचण्ड र माधव

मिसन ८४ को नशामा लठ्ठिएका नेताहरु, सबै दलका लागि चुनौती बन्यो रास्वपा

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
एकताको कसरतमा प्रचण्ड र माधव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको गृहकार्य हालै तीव्र रूपमा अघि बढेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकताका लागि गहन छलफल भएको छ । यो एकताको आधार भने पार्टीभित्र नेतृत्वको चर्को आलोचना, २०८४ मा हुने आम निर्वाचनमा पुराना दललाई रास्वपाजस्ता नयाँ दलको सम्भावित चुनौतीलाई मानिएको छ ।

पछिल्लो समय दुवै पार्टीमा नेतृत्वको आलोचना भइरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा नै दायर गरेपछि उनको पार्टीभित्रै आलोचना भएको छ । नेतृ रामकुमारी झाँक्रीले त अब मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी छिन् । उनको अभिव्यक्ति पार्टीभित्र बहसको विषयसमेत बनेको छ । उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । तर, झाँक्री आफ्नो अभिव्यक्तिबाट दायाँबायाँ भएकी छैनन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि माधव नेपालले तत्काल नेतृत्वबाट राजीनामा दिनुपर्ने मत राखेका छन् ।

प्रचण्डलाई पनि पार्टीमा उपमहासचिव जनार्दन शर्मा पक्षको चर्को दबाब छ । शर्माले अध्यक्ष प्रचण्डको नेतृत्व, कार्यशैलीमाथि निरन्तर प्रश्न गर्दै आएका छन् । कम्युनिष्ट नेताहरुबाट प्रधानमन्त्री बनेकाहरुमध्ये मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको र भ्रष्टाचार गरेको भनेर जनार्दनले बोलेपछि प्रचण्ड उनीसँग नराम्रोसँग बिच्किएका छन् । दुवै पक्षबीचको विवाद सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा पनि छताछुल्ल हुँदै आएको छ । जनार्दनले पार्टी फुटाउन खोजेको हल्ला माथिल्लो नेतृत्वबाट चलाइएको र आफूलाई पार्टीमा एक्लो बनाउन खोजिएको आरोप लगाउँदै आएका छन् ।

यही सन्दर्भमा प्रचण्ड र नेपालले भेटवार्ता अघि बढाएका हुन् । गत साताबाट सघन छलफलमा जुटेका दुई नेताले गत सोमबार भने सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका थिए । यी छलफलमा नीति, विचार र सिद्धान्तमा एकरूपता कायम गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्ने उद्देश्य राखिएको छ । समाजवादी मोर्चा गठन भएदेखि नै यी दुई दलसहित नेकपा र नेसपाले एकताको प्रयास गर्दै आएका छन्, तर दस्तावेज तयारी र नेतृत्वको समय अभावले प्रक्रिया सुस्त भएको थियो । माओवादीले वैज्ञानिक समाजवादमा आधारित दलहरूसँग एकता गर्ने नीति लिएको छ । यद्यपि, एकताको प्रक्रिया अझै निष्कर्षमा पुगिसकेको छैन ।

दुवैका लागि एकता अत्यावश्यक हुनुको अर्को कारण हो, २०८४ को आम चुनाव । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादी नयाँ दलको रूपमा सत्ता गठबन्धनको हिस्सेदार भएर चुनाव लडेको थियो र १० प्रत्यक्ष सिट जित्न सफल भयो । थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको मान्यता प्राप्त गरे पनि समानुपातिक सिटमा यसको उपस्थिति कमजोर रह्यो । गठबन्धनको तालमेल र एमालेसँगको
प्रतिस्पर्धाले यसको सिट संख्या सीमित बनायो, जसले संगठनात्मक आधार र मतदाता प्रभावको कमी देखाउँछ ।

माओवादी केन्द्रले पनि अघिल्ला आफ्नै निर्वाचन नतिजाभन्दा कमजोर प्रदर्शन गरेको थियो । माओवादी १७ प्रत्यक्ष र २९ समानुपातिक सिटसहित कुल ४६ सिट जितेर तेस्रो ठूलो दल बन्यो । गठबन्धनको रणनीति, विशेषगरी नेपाली कांग्रेससँगको सहकार्य यसको सफलताको प्रमुख कारक थियो । यद्यपि २८ जिल्लामा उसको उपस्थिति शून्य रह्यो । अब यी दुवै दललाई २०८४ को आम चुनाव चुनौती बनेको छ ।

२०८४ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपा ले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र जस्ता परम्परागत दलहरूलाई उल्लेखनीय चुनौती दिने सम्भावना छ । २०७९ को निर्वाचनमा रास्वपाले स्थापनाको छोटो अवधिमै ७ प्रत्यक्ष र १४ समानुपातिक सिटसहित २१ सिट जितेर चौथो ठूलो दल बन्दै पुराना दलहरूको दबदबामाथि प्रश्न उठाएको थियो । यो सफलता सहरी, शिक्षित, र युवा मतदाताहरूमा पुराना दलप्रतिको वितृष्णा र सुशासनको मागको प्रतिबिम्ब थियो ।

रास्वपाको उदय पुराना दलहरूको शासनमा सुशासन, विकास र सेवा प्रवाहको कमजोरीको प्रतिक्रियास्वरूप भएको हो । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगले रास्वपाले तीव्र गतिमा जनमत आकर्षित गरेको छ । पुराना दलहरूले गठबन्धन र सिट बाँडफाँटको रणनीति अपनाएर रास्वपालाई रोक्ने प्रयास गर्नेछन्, जसरी २०७९ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले एमालेलाई चुनौती दिएको थियो । तर, जनताको पुराना दलप्रतिको अविश्वास र रास्वपाको वैकल्पिक नेतृत्वको आकर्षणले यस्ता गठबन्धनको प्रभावकारिता घटाउन सक्छ । रास्वपाले सुशासन र नवीन नीतिलाई जोड दिएको छ, जुन मतदातालाई आकर्षक लाग्न सक्छ । रास्वपा सभापति रवि लामिछानेको ‘सबै दललाई पराजित गर्ने’ दाबी महत्वाकांक्षी भए पनि जनताको बदलिँदो चेतना र सामाजिक सञ्जालको शक्तिले रास्वपालाई बलियो बनाउन सक्छ । जुन माओवादी, एकीकृत समाजवादीजस्ता दलका लागि चुनौती भएको छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

११ घण्टा अगाडि
जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक