सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

अस्ट्रेलियामा बालबालिकाका लागि युट्युब प्रतिबन्ध

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
अस्ट्रेलियामा बालबालिकाका लागि युट्युब प्रतिबन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अब अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा समेत प्रतिबन्ध लाग्ने भएको छ । अस्ट्रेलियाली सङ्घीय सरकारले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजनामा युट्युबलाई समेत समेटिएको हो ।

यो प्रतिबन्ध १० डिसेम्बर, २०२५ देखि लागु हुनेछ । सुरुमा भिडिओ-शेयरिङ साइट युट्युबलाई यो प्रतिबन्धबाट अलग राखिएको थियो । तर ई-सेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टको सिफारिसपछि सरकारले आफ्नो योजनामा परिवर्तन गर्दै युट्युबलाई पनि प्रतिबन्धको दायरामा ल्याएको हो ।

बालबालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्य र कल्याणको रक्षा गर्न भन्दै त्यहाँको सरकारले यस्तो प्रतिबन्धको तयारी अगाडि बढाएको छ । सञ्चारमन्त्री अनिका वेल्सका अनुसार सकारात्मक पक्षभन्दा सामाजिक सञ्जालबाट हुने साइबर बुलिङ र हानिकारक सामग्रीको जोखिम बढी छन् ।

उनले बालबालिकालाई लक्षित गर्ने प्रिडटरी (शिकारी) एल्गोरिदमको लागि कुनै स्थान नरहेको बताएकी छिन् । प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक रूपमा हानि पुर्‍याइरहेको बताएका छन् र अस्ट्रेलियाली अभिभावकहरूलाई सरकार उनीहरूको साथमा रहेको आश्वासन दिएका छन् ।

प्रतिबन्ध अन्तर्गत अस्ट्रेलियामा १६ वर्ष मुनिका सबै बालबालिकालाई सामाजिक सञ्जालमा अकाउन्ट खोल्नबाट रोकिनेछ । यस्ता सामाजिक सञ्जालमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, एक्स, रेडिटजस्ता प्लेटफर्म समावेश छन्, जसमा पछिल्लो समय युट्युब पनि थपिएको हो ।

तर मेसेन्जर किड्स, ह्वाट्सएप र गुगल क्लासरुम जस्ता केही मेसेजिङ एपहरूलाई भने यस प्रतिबन्धमा समावेश गरिने छैन । अनलाइन भिडिओ गेमहरू जस्तै रोबोलक्स र फोर्टनाइट पनि प्रतिबन्धमा पर्ने छैनन्, किनकि उनीहरूले १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको तुलनामा कम हानि पुर्‍याउने बताइएको छ । यस बाहेक शिक्षा र स्वास्थ्य सम्बन्धी एपहरू पनि प्रतिबन्धबाट बच्नेछन् ।

युट्युबलाई प्रतिबन्धमा समावेश गरिए पनि यो अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तो पूर्ण रूपमा पहुँचयोग्य नहुने भने होइन । साइटका अधिकांश सामग्री पहुँच गर्न अकाउन्ट आवश्यक नपर्ने भएकाले बालबालिकाहरूले लगइन नगरी भिडिओहरू हेर्न सक्नेछन् । तर, उनीहरूले उमेर-प्रतिबन्धित सामग्री हेर्न, कमेन्ट गर्न वा आफ्नै भिडिओ अपलोड गर्न पाउने छैनन् ।

ई-सेफ्टी आयुक्त इनम्यान ग्रान्टले २,६०० बालबालिकाहरूको सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिबन्धको सिफारिस गरेकी थिइन् । जसमा लगभग ४० प्रतिशतले युट्युबमा हानिकारक सामग्रीको सामना गरेको पाइएको थियो । जुन उनको अनुसन्धानमा सबैभन्दा बढी उल्लिखित प्लेटफर्म थियो ।

प्रतिबन्धको सूचीमा युट्युबलाई समावेश गर्ने अस्ट्रेलियाको निर्णयपछि गुगलले मुद्दा हाल्ने धम्की दिएको समाचार विभिन्न स्थानीय सञ्चार माध्यममा प्रकाशित भएको बीबीसीले जनाएको छ । युट्युबलाई सामाजिक सञ्जाल नभई भिडिओ-शेयरिङ प्लेटफर्म भएको तर्क कम्पनीले गरेको छ । युट्युब किड्स भने यो प्रतिबन्धमा समेटिने छैन, किनभने यस प्लेटफर्ममा अकाउन्टहरूबाट कन्टेन्ट अपलोड गर्न वा भिडिओहरूमा कमेन्ट गर्न सकिँदैन ।

यो नियम लागु भएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई अकाउन्ट खोल्नबाट रोक्नका लागि उचित कदमहरू चाल्नुपर्नेछ । यदि उनीहरूले यो प्रतिबन्ध लागु नगरेमा ३२.५ मिलियन अमेरिकी डलरसम्म जरिबाना लाग्न सक्नेछ । सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १६ वर्ष मुनिका बालबालिकाका विद्यमान अकाउन्टहरू पनि निष्क्रिय पार्न निर्देशन दिइनेछ ।

यो पनि पढ्नुहोस्

१० सशस्त्र इस्लामवादी उग्रवादीको हत्या

१० सशस्त्र इस्लामवादी उग्रवादीको हत्या

२ दिन अगाडि
२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक