बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माके र एसपार्टीबीच एकताको विषयमा गृहकार्य गरिरहेकाे बाहिरियाे

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
माके र एसपार्टीबीच एकताको विषयमा गृहकार्य गरिरहेकाे बाहिरियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रचण्ड नेतृत्वकाे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय लगातार भेटवार्तामा जुटेका छन् । गत साताबाट सघन छलफलमा जुटेका दुई नेताले हिजो (सोमबार) भने सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका थिए ।

भेटमा दुवै दलका अरु नेताहरुको पनि सहभागिता थियो । हिजोको भेटपछि दुई नेताले पार्टी एकताको विषयमा गृहकार्य गरेको कुरा बाहिरिएको छ । अहिले दुवै नेताले पार्टीभित्र संकट व्यहोरिरहेका छन् । माधव नेपाल भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उनलाई तत्काल नेतृत्व छाड्न दबाब बढेको छ । पार्टीकै नेताहरुले उनलाई लगातार प्रहार गरिरहेका छन् ।

नेतृ रामकुमारी झाँक्रीले त अब मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी छिन् । उनको अभिव्यक्ति पार्टीभित्र बहसको विषयसमेत बनेको छ । उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । तर, झाँक्री आफ्नो अभिव्यक्तिबाट दायाँबायाँ भएकी छैनन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि माधव नेपालले तत्काल नेतृत्वबाट राजीनामा दिनुपर्ने मत राखेका छन् ।

भ्रष्टाचारको मुद्दा लागेको कारण स्वयम नेपाल र नेपालपक्षधर नेताहरुले उनको खुलेर रक्षा गर्ने अवस्था छैन । त्यही भएर नेपाल अहिले पार्टीभित्रै संकटमा छन् । उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पार्टीभित्र आन्तरिक कहल चुलिएको कारण टेन्शनमा रहेको चर्चा छ । उपमहासचिव जनार्दन शर्माले उनलाई सार्वजनिक रुपमै च्यालेञ्ज गरेका छन् ।

कम्युनिष्ट नेताहरुबाट प्रधानमन्त्री बनेकाहरुमध्ये मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको र भ्रष्टाचार गरेको भनेर जनार्दनले बोलेपछि प्रचण्ड उनीसँग नराम्रोसँग बिच्किएका छन् । अहिले माओवादीमा प्रचण्ड भर्सेस जनार्दन गरेर सामाजिक सञ्जालमा नै बहस छताछुल्ल भएको छ । जनार्दनले पनि हिजो आफूअनुकुल व्याख्या नगर्न आग्रह गरेका छन् ।

यही सन्दर्भमा प्रचण्ड र माधव नेपालले भेटवार्ता बढाएका छन् । उनीहरुले समाजवादी मोर्चाको कार्यक्रम र रणनीति तय गर्न भेटवार्ता भएको भनेपनि भित्री रुपमा दुई दलबीच एकता नै मुख्य उद्देश्य रहेको खुल्न आएको छ । दुवै नेता अहिले संकटमा भएकोले त्यो संकट टार्नको लागि पनि एकता गरिहाल्नुपर्ने पक्षमा रहेको उच्चस्रोतको दाबी छ । तर, एकता गर्दा एकीकृत समाजवादीको ठूलो पँक्ति एमालेमा नै फर्किने बाटो बन्ने भएकोले नेपालले निर्णय दिन नसकेको पनि चर्चा छ ।

यो पनि पढ्नुहोस्

अबको प्रशासनिक संरचना नतिजामुखी हुनुपर्नेमा जोड

बीपी स्मृति दिवसको दिन ‘ग्रिन रन’ प्रतिगिता हुने

१ दिन अगाडि
आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा

फिफाले अर्जेन्टिनामाथि अनुसन्धान गर्ने

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक