काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेकाे छ।
प्रधानमन्त्री निवासमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ।
बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित भएकोले उनीहरूलाई विशेष राहत उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ।


