शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आमाको दूधको सट्टा दूध पाउडरमा आश्रित हुनुपर्ने अवस्था

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
आमाको दूधको सट्टा दूध पाउडरमा आश्रित हुनुपर्ने अवस्था
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज । नारायणी अस्पतालको शिशु वार्डमा जन्मिएका केही शिशुहरू आमाको दूधको सट्टा दूध पाउडरमा आश्रित हुनुपर्ने अवस्था देखिएको छ।

“पहिलो दुई घण्टामा बच्चालाई स्तनपान गराउनु उत्तम” भन्ने सन्देश अस्पतालमा टाँसिएको भए पनि व्यवहारमा त्यसको प्रभाव कतै हराएको देखिन्छ, जसले शिशु स्वास्थ्यमाथि गम्भीर प्रश्न खडा गरेको छ।

अस्पतालमा पाउडर दूधको प्रयोग बढ्नुमा डाक्टरहरूले किन पाउडर दूध सिफारिस गर्छन् भन्ने प्रश्न अझै अस्पष्ट छ। स्वास्थ्यकर्मीहरू औपचारिक रूपमा सार्वजनिक रूपमा बोल्न तयार छैनन्, तर अस्पताल भित्रका कर्मचारीहरूका अनुसार, “कहिलेकाहीँ डाक्टरले आमालाई सिधै ब्रान्ड लेखेर दिन्छन्।”

सक्रिय विदेशी कम्पनीहरूले डाक्टरहरूलाई विदेश भ्रमण, सेमिनार, उपकरण सहयोगजस्ता माध्यमबाट प्रभावित गर्ने गरेको भन्ने आरोपहरू पनि छन्। यद्यपि, यस्ता आरोप पुष्टि गर्ने ठोस तथ्यहरू भने खुलेका छैनन्।

ऐन छ, तर कार्यान्वयन छैन

नेपाल सरकारले सन् १९९२ मै “शिशु दूध तथा बाल आहार ऐन” ल्याएको हो। यो ऐनअनुसार, कुनै पनि बेबी फूडको प्रचार गर्न पाइँदैन, डाक्टर वा स्वास्थ्य संस्थालाई यसका लागि प्रभावित गर्न पाइँदैन। तर, ऐन लागू गर्ने सरकारी संयन्त्र भने कागजमा मात्र सीमित देखिन्छ।

“नारायणी अस्पतालमा अहिलेसम्म शिशु आहारसम्बन्धी ऐनको निरीक्षण कहिल्यै भएको छैन,” एक स्वास्थ्यकर्मीले बताए।

स्थानीय जनस्वास्थ्य कार्यालय वा स्वास्थ्य मन्त्रालयको निगरानी टोली अस्पतालमा आएको तथ्य फेला परेको छैन।

अस्पताल विकास समिति अध्यक्ष धीरज गुप्ताले भने, “हामी सबै डाक्टरलाई आफ्नो विवेकअनुसार काम गर्न छुट दिन्छौं। कम्पनीसँग सम्बन्ध भएको छ भन्ने दाबी प्रमाणित नभएसम्म हामीले कारबाही गर्न सक्दैनौं।”

तर, यस्तो अस्पष्टता र गम्भीर विषयमा जवाफदेहिता नहुनु नै सबैभन्दा ठूलो प्रश्न हो। “नीति त छ, तर नीति कार्यान्वयनमा कोही जिम्मेवार देखिँदैन,” एक बाल रोग विशेषज्ञ बताउँछन्।

एक सुत्केरीको गुनासो छ, “हामीलाई कोही राम्रोसँग बुझाउँदैन। डाक्टरले पाउडरको नाम लेखिदिएपछि हामी किन नखुवाउने?”

तर, यिनै दूध पाउडर खुवाइएका शिशुहरूमध्ये केहीमा पाचन समस्या, पेट फुल्ने, पखाला, वा एलर्जी देखिने गरेको छ। यस्तो तथ्याङ्क संस्थागत रूपमा सङ्कलन नगरिएकोले यसले नीति निर्माणमा ठूलो बाधा खडा गरेको छ।

यसले शिशु स्वास्थ्यको सुरक्षा र ऐनको प्रभावकारी कार्यान्वयनका लागि तत्काल सरकारी ध्यानको आवश्यकता औँल्याएको छ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

स्थानीय वायुको समेत आंशिक प्रभाव

१ घण्टा अगाडि
सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक