काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको देख्न पाएकाे जनाएका छन् ।
बुधबार काठमाडौंमा महानगर यातायात प्रालिले सञ्चालनमा ल्याएको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा उनले आफूले लोकतन्त्रपछि गाउँगाउँमा सडकहरू पुगेको, बत्तिहरू पुगेको देखेको जनाएका हुन्।
‘बाटोघाटो गाउँगाउँमा पुगेको छ। बिजुली गाउँ गाउँमा पुगेको छ। हामीले पेट्रोल–जेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ’, उनले भने ‘ अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ। यो एकदमै राम्रो हो लोकतन्त्र आएपछि धेरै विकास मैले देखेको छु।’
कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको जनाए। बसको मात्रा र बसको स्ट्याण्डर बढ्न जरुरी रहेको उनको धारणा छ।


