बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

विचारमा माओवाद, व्यवहारमा लेण्डुपवाद किन चाहियो ?

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– निमकान्त पाण्डे

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनका लागि हालै एउटा रूपरेखा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेको यो सन्देशमा माओवादी आन्दोलनको विगत, वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे गहिरो विश्लेषण गरिएको छ । नेपालमा माओवादी आन्दोलन र जनयुद्ध थालनी र सफलताका एक प्रमुख व्यक्ति बाबुराम हुन् । त्यसकारण पनि माओवादी आन्दोलनबारे उनका धारणा विचारणीय छन् । तर, उनका धारणा जति मननीय छन्, व्यवहारमा भने त्यस्तो ठीक विपरीत हुने गरेको छ, जसका कारण उनी आफैं सधैं आलोचनामा पर्ने गरेका छन् ।

सर्वप्रथम त, माओवादी आन्दोलनको पुनर्गठनबारे उनका विचार हेरौं । डा. भट्टराईका अनुसार नेपालको माओवादी आन्दोलन सापेक्ष रूपमा सफल भएको छ । उनले यसलाई २०औं शताब्दीको अन्त्यतिर र २१औं शताब्दीको सुरुवातमा भएको विश्वको एक मात्र सफल सशस्त्र क्रान्तिको रूपमा चित्रण गरेका छन् । अन्य देशमा भएका माओवादी आन्दोलनहरू—जस्तै पेरू, भारत, टर्की र फिलिपिन्समा या त पूर्ण रूपमा समाप्त भएका छन् वा अत्यन्तै कमजोर अवस्थामा छन् । नेपालमा भने यो आन्दोलनले राजनीतिक परिवर्तन ल्याउन सफल भएको छ । यसमा बाबुरामको विचारमा सहमत हुन सकिन्छ ।

अर्कोतर्फ, हाल माओवादी आन्दोलन विभाजित र कमजोर अवस्थामा रहेको डा. भट्टराई स्वीकार गर्छन् । उनका अनुसार, नेताहरूको विभाजन मात्र आन्दोलनको कमजोरीको कारण होइन; यो बालसुलभ बुझाइ हो । वास्तविक समस्या भनेको आन्दोलनको वैचारिक र राजनीतिक पुनर्संश्लेषणको अभाव हो । उनले वर्तमान समस्याहरू समाधान गर्न पुराना विचारहरू पर्याप्त नहुने र नयाँ वैकल्पिक राजनीतिक सोच आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनका लागि छ बुँदे समीक्षा प्रस्तुत गरेका छन् । उनका अनुसार, आन्दोलनका नेताहरूले विगतका कम्युनिष्ट सत्ताहरू किन असफल भए, संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेको छ भन्ने प्रश्नहरूलाई वस्तुनिष्ठ रूपमा विश्लेषण गर्नुपर्छ । यसका लागि नयाँ विचार, दर्शन र राजनीतिक पुनर्संश्लेषण आवश्यक छ । उनले माओवादी र अन्य कम्युनिष्ट धारका नेता तथा कार्यकर्ताहरूलाई सिर्जनशील ढंगले सोच्न र पहल लिन आह्वान गरेका छन् ।

डा. भट्टराईको यो रूपरेखा माओवादी आन्दोलनको वर्तमान संकट र भविष्यको सम्भावनाबारे गहिरो चिन्तन हो । उनले आन्दोलनको विगत सफलतालाई स्वीकार गर्दै वर्तमान चुनौतीहरूको समाधानका लागि वैचारिक पुनर्संश्लेषण र नयाँ राजनीतिक सोच आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन् । यो दस्तावेज माओवादी आन्दोलनका कार्यकर्ताहरू र नेपाली राजनीतिमा रुचि राख्ने सबैका लागि विचारणीय छ । तर उनीमाथि व्यवहारमा भने लेण्डुपवाद अवलम्बन गर्दै आएको आरोप छ ।

भट्टराईमाथि विचारमा माओवाद भए पनि व्यवहारमा लेण्डुपवाद भएको आरोप लाग्नुका पछाडि उनको राजनीतिक यात्रा, नीतिगत निर्णयहरू, भारतसँगको सम्बन्ध र माओवादी आन्दोलनको परिणामसँग जोडिएका विभिन्न कारणहरू छन् । लेण्डुपवाद अर्थात् जसलाई सिक्किमको भारतमा विलयसँग जोडेर राष्ट्रघाती नीतिको प्रतीकको रूपमा लिइन्छ । भट्टराई प्रधानमन्त्री हुँदाका कार्यशैली र निर्णयहरूले यही वादलाई समर्थन गरेको आरोप छ ।

भट्टराई माओवादी जनयुद्धका प्रमुख वैचारिक नेतामध्ये एक थिए । उनले माओवादी सिद्धान्तलाई नेपालको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको आधार बनाएर जनयुद्धको नेतृत्व गरे । तर, २०६२÷६३ को १२ बुँदे सहमति, जसले माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो, त्यसमा उनको भूमिकालाई लिएर विवाद उत्पन्न भयो । यो सहमति भारतको मध्यस्थतामा भएको थियो, जसलाई कतिपयले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको संज्ञा दिन्छन् । भट्टराईले जनयुद्धको समयमा भारतीय कम्युनिस्ट नेताहरूसँग सम्पर्क राखेको र भारतमै बसेर गतिविधि सञ्चालन गरेको कुराले पनि उनलाई भारतपरस्तको रूपमा चित्रण ग¥यो । यो अवस्थाले उनको माओवादी विचारधारा र व्यवहारबीचको अन्तरलाई उजागर ग¥यो ।

शान्ति प्रक्रियापछि माओवादी आन्दोलनले संविधानसभा र गणतन्त्रको बाटो समात्यो, जुन माओवादको कट्टर क्रान्तिकारी सिद्धान्तबाट विचलन भएको थियो । भट्टराईको प्रधानमन्त्रीकाल (२०६८–२०६९) मा लिएका नीतिहरू, जस्तै भारतसँगको बीप्पा सम्झौता र संविधान निर्माणमा भएको ढिलासुस्ती, भारतको हितमा काम गरेको आरोपसँग जोडिए । यस्ता निर्णयहरूले उनलाई नेपालको राष्ट्रिय स्वार्थलाई कमजोर बनाउने नेताको रूपमा चित्रण ग¥यो ।

भट्टराईले २०७२ मा माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गरे र पछि समाजवादी पार्टीमा संलग्न भए, जसलाई कतिपयले अवसरवादी र सिद्धान्तविहीन कदम माने । माओवादको क्रान्तिकारी लक्ष्य, जस्तै सामन्तवाद र राजतन्त्रको अन्त्य, पूरा गर्न नसकेको भन्दै उनको आलोचना भयो । जनयुद्धको समयमा राखिएको १९५० को नेपाल–भारत सन्धि खारेजीको मागलाई शान्ति प्रक्रियापछि व्यवहारमा लागू नगरेकोले उनलाई राष्ट्रियताको सवालमा कमजोर भएको आरोप लाग्यो । उनले प्रचण्डको ढुलमुले नीतिका कारण माओवादी आन्दोलन पूर्ण सफल नभएको तर्क गरेर आफ्नो प्रतिरक्षा गर्छन् । तर, भारतसँगको निकटता, माओवादी सिद्धान्तबाट विचलन र राष्ट्रिय हितमा सम्झौता गरेको आरोप उनीमाथि पनि छ । भट्टराईको कार्यशैली र निर्णयहरूले उनको माओवादी विचारधारा र व्यवहारबीचको अन्तरलाई उजागर गरेको छ । उनी आफ्नो विचार र व्यवहारमा स्पष्ट हुनुपर्ने आवश्यकता देखिएको छ । जसले मात्र उनको राजनीतिक अस्तित्वलाई जोगाउन सक्नेछ । जनधारणा साप्ताहिक

 

 

 

 

 

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

१५ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक