मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विराटनगर महानगरकाे आर्थिक बजेट रु चार अर्ब ४० लाख

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विराटनगर महानगरकाे आर्थिक बजेट रु चार अर्ब ४० लाख
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ ।  विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु चार अर्ब ४० लाखको बजेट सार्वजनिक गरिएको छ।

आज यहाँ आयोजित नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन्।

बजेटको स्रोतमा सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान रु ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु तीन करोड ६२ लाख ३० हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि कर रु १५ करोड ३९ लाख, अन्तःशुल्क रु पाँच करोड, १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर रु एक करोड, सावारी साधन कर रु तीन करोड आठ लाख, घरजग्गा रजिस्ट्रेशन रु ९४ करोड ६० लाख तीन हजार प्राप्त हुने अनुमान गरिएकाे छ।

यसैगरी आन्तरीक राजस्वतर्फ रु एक अर्ब ४० करोड, सङ्घीय सरकार सशर्त र समपुरक अनुदान रु ८३ करोड ३४ लाख, प्रदेश सरकार ससर्त अनुदान रु चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपाल रु एक करोड ५० लाख, अन्य सङ्घसंस्था रु १६ लाख, नगद मौज्जात रु १४ करोड गरी रु चार अर्ब ४० लाखको अनुमान छ।

साथै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ६४ करोड ७५ लाख, ऋणको साँवा ब्याज भुक्तानीका लागि रु पाँच करोड, चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि रु आठ करोड विनियोजन गरिएको छ।

यस्तै भौतिक पूर्वाधारतर्फ समपूरक योजनाका लागि रु छ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरी आएका योजनाका लागि रु ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि रु १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि रु दुई करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि रु दुई करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि रु एक करोड ६५ लाख, सडक पूर्वाधार तथा बस्ती विकासका लागि रु १० करोड २७ लाख १२ हजार विनियोजन गरिएको छ।

सडक बोर्डबाट सञ्चालन हुने योजनाका लागि रु एक करोड ५० लाख साथै नगरस्तरीय योजनातर्फ रु ६४ करोड ६१ लाख एक हजार गरी पूर्वाधार विकासतर्फ कुल रु एक अर्ब ६८ करोड ८३ लाख १३ हजारलगायत अन्य खर्चमा रु रु चार अर्व ४० लाख विनियोजन गरिएको छ।

महानगरपालिकाले ‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिएको छ। गर्भवती, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरबासीका लागि प्रदान गर्र्दै आएको शववाहन सेवालाई निरन्तरता दिएको छ।

‘एक घर, एक रोजगारी’ भन्ने मूल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रमा निःशुल्क प्रशिक्षण तथा तयारी कक्षा सञ्चालन गरी रोजगारीको वातावरण सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित उद्योगको स्थापना गर्न महानगरबासीको प्रोत्साहित गर्नुका साथै बिउपुँजीको आवश्यक प्रबन्ध गर्ने, महानगर रोजगार मेलालाई निरन्तरता दिई थप रोजगारी सिर्जना गर्ने, ऐतिहासिक विराटराजाको दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगिने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको छ भने सडक बत्तीको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा भौतिक सामग्रीको व्यवस्थापन गर्ने नीति कार्यक्रम तथा बजेटमा उल्लेख छ ‘कर करले हैन, रहरले तिरौँ’ भन्ने नाराका साथ करदाता शिक्षा अभियान सञ्चालन गरी आन्तरिक आय वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे  छ।

यो पनि पढ्नुहोस्

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

१९ मिनेट अगाडि
रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय

रास्वपाले पार्टीको तर्फबाट कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक