आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रुपन्देही उपचुनावमा रास्वपाले जित्नैपर्ने कारण !

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई,
रुपन्देही–३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उपचुनाव आगामी कात्तिक १७ गते हुने निर्वाचन आयोगले घोषणा गरेको छ । यो उपचुनाव राप्रपा सांसद दीपक बोहराको चैत १९ मा निधन भएको कारण हुन लागेको हो । संविधान र निर्वाचन ऐन अनुसार सांसदको पद रिक्त भएको ६ महिनाभित्र उपचुनाव गर्नुपर्ने व्यवस्था छ ।
तर, यो उपचुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई देशको राजनीतिक धार र मतदाताको अपेक्षा परीक्षण गर्ने मोड बनेको छ । एकातिर, पुराना दलहरू आन्तरिक खिचातानी र स्वार्थको समीकरणमै अल्झिरहेका छन् भने अर्कातिर, वैकल्पिक राजनीतिक नेतृत्वको खोजीमा जनता झन्झन् जागरुक हुँदै गएका छन् । यही सन्दर्भमा स्वतन्त्र उम्मेदवारका रूपमा ख्याती कमाएका सागर ढकालको नाम फेरि चर्चामा आएको छ ।
ढकालले फेसबुकमार्फत प्रतिक्रिया दिँदै ‘रुपन्देही–३ को उपचुनावबाट इतिहास रचना गर्न सकिन्छ’ भन्दै जनतालाई आह्वान गरेका छन् । उनले भनेका छन्, ‘अब करिब ९० हजार मतदातामध्ये ६२ हजार मत पाए परिवर्तनको नया युग सुरु गर्न सकिन्छ ।’ ढकालले यो चुनावलाई केवल एउटा उपचुनाव नभई, ‘राणा शासनविरुद्धको निर्णायक अभियान’ को रूपमा व्याख्या गरेका छन् । उनले सत्तारूढ गठबन्धन, एमाले र माओवादीलाई ‘राणा शासन’ जस्तै जनविरोधी, सत्तालोलुप र अकर्मण्य रहेको आरोप लगाउँदै भने, ‘अब लोकतन्त्र जोगाउने काम जनताले गर्नुपर्छ, तीन दलले होइन ।’ उनले कुलमान घिसिङ प्रकरणदेखि न्यायालयमा देखिएको हस्तक्षेपसम्मका उदाहरण दिँदै जनप्रतिनिधिहरूप्रति अविश्वास बढेको उल्लेख गरेका छन् ।
रुपन्देही–३ को यो उपचुनाव सधैंको जस्तो प्रतिस्पर्धा मात्र होइन, राजनीतिक संस्कार र जनचेतनाको परीक्षण पनि हो । सागर ढकालले प्रस्तुत गरेको विमर्शले मतदातामा नयाँ आशा र निर्णायक कदम चाल्ने उत्साह जगाएको छ । परिवर्तनको सपना देखिरहेका नागरिकका लागि यो चुनाव विकल्प चयन गर्ने ऐतिहासिक क्षण हुनसक्छ । रुपन्देहीको प्रतिनिधिसभा–३ मा तय भएको उपनिर्वाचनले फेरि एकपटक नेपालको वर्तमान राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने सम्भावना बोकेको छ । खासगरी यस निर्वाचनलाई ‘पारम्परिक दलहरूप्रति जनविरोध’ को नापजोख गर्ने थलोका रूपमा हेरिएको छ । सत्ता गठबन्धनभित्रको तालमेल र विपक्षी दलको निरुत्साही स्वरूपबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले यो उपचुनाव जित्नैपर्ने आवश्यकता र औचित्य दुवै उजागर भएको छ । पछिल्ला केही वर्षयता नेपाली मतदाताले वैकल्पिक शक्तिप्रति देखाएको आशा, पुराना दलहरूको अकर्मण्यता र भ्रष्टाचारमा लिप्तता र रास्वपाले प्रस्तुत गरेको नयाँ राजनीतिक संस्कृतिले यो चुनावमा विशेष सन्देश दिनेछ ।
रुपन्देही–३ कुनै सामान्य निर्वाचन क्षेत्र होइन । यो क्षेत्रले विगतमा पनि संघीय राजनीति, मध्यम वर्गको अपेक्षा र राष्ट्रव्यापी सन्देश दिन भूमिका खेलेको छ । तर, पछिल्ला प्रतिनिधित्वहरूले स्थानीय जनअपेक्षालाई निराशामा रूपान्तरण गरेको अनुभूति मतदातामा व्याप्त छ । कांग्रेस, एमाले वा माओवादीले स्थानीय स्तरमा जनताका मुद्दा भन्दा शीर्ष नेताहरूका सन्तुलन र शक्ति–गणितलाई प्राथमिकता दिँदै आएका छन् । एकातिर सत्तारूढ गठबन्धनका दलहरू आ–आफ्नो स्वार्थअनुसार उम्मेदवार चयनको गम्भीर विवादमा अल्झिएका छन् भने अर्कोतिर एमालेजस्ता मुख्य विपक्षी दल चुनावी मैदानमा उपस्थित त छन्, तर जनतासँग जोडिन नसकेको, संवादहीन र रटानको राजनीति दोहो¥याइरहेका छन् ।
त्यस्तो बेला, रास्वपाले प्रस्तुत गरेका उम्मेदवार र एजेन्डाले मतदातामा नयाँ भरोसा जगाएको देखिन्छ । न त उनीहरू पुराना राजनीतिक गठबन्धनको हिस्सा हुन्, न त सत्ता स्वार्थमा रमाउने संरचनाको अंश । उनीहरूको उपस्थितिले मतदाताले ’अर्को विकल्प’ रोज्न सक्ने विश्वास पलाएको छ । रास्वपाले प्रस्तुत गरेका मुद्दाहरू—सुशासन, पारदर्शिता, जवाफदेहिता, विकासमा प्राथमिकता र युवाहरूलाई अग्रपंक्तिमा ल्याउने सोच त्यो वर्गका लागि आकर्षण बनेका छन् जो पुराना दलहरूप्रति गहिरो असन्तुष्टि राख्छन् तर विकल्प भेट्टाउन नसकेर मतदानमै गम्भीर बन्न सक्दैनथे ।
रास्वपाको जित आवश्यकता पनि हो, संकेत पनि हो । पुराना पार्टीहरू चुनाव अघिको खोक्रा घोषणामा सीमित हुँदा रास्वपाले कार्यक्रममै स्थानीय युवा परिचालन, मतदाता साक्षरता र संगठनात्मक परिचालनलाई बल दिएको छ । यो प्रवृत्तिले मतदातामा चुनावी उत्साह बढाउनुका साथै स्वतन्त्र उम्मेदवारप्रतिको शंका हटाउन भूमिका खेलेको छ । अझ विडम्बना त के छ भने, जसरी सत्तारूढ दलहरूले राज्य संयन्त्रलाई निर्वाचन उपयोगका लागि प्रयोग गर्ने क्रम बढाएका छन्, त्यो विगतका अभ्यास उस्तै छ । मतदाताले यसलाई सजिलै बुझेका छन्, रास्वपाको जित त्यसको जवाफ बन्न सक्छ ।
कतिपयले रास्वपामाथि अनुभवको अभाव र संगठनात्मक कमजोरीको प्रश्न उठाउँछन्, तर यथास्थितिमा आफूलाई मजबुत बनाउने पुराना दलहरूको रणनीति अब गम्भीर संकटमा छ । किनभने जनताले अब ‘दक्षताभन्दा सच्चाइ, तामझामभन्दा इमानदारी’ रोज्न थालेका छन् । अहिलेको उपचुनाव सस्तो नाराले जितिने चुनाव होइन । सत्तापक्षको लालच र विपक्षीको उदासीनता बीच रास्वपाले दिएको संकल्पबद्धता र नव–राजनीतिक संस्कृतिको प्रस्तुति चुनाव जित्नुको उचित कारण हो । यो जितले भविष्यको वैकल्पिक नेतृत्व निर्माणको ढोका खोल्छ, जसमा स्थानीय स्तरदेखि केन्द्रसम्मको राजनीति पुनरव्याख्या हुन सक्छ । रुपन्देही–३ को मतदाताले यदि साहसी निर्णय गरे भने यो केवल प्रतिनिधि चयन होइन, सिंगो राजनीतिक प्रणालीप्रति जनताको चेतनशील अविश्वासको पुष्टि पनि हुनेछ ।
त्यसैले यो उपचुनावमा रास्वपाले जित्नै पर्छ—जनताले विकल्प खोजेका छन्, देशले नवीन नेतृत्व मागेको छ र पुरानो प्रवृत्तिले जन–विश्वास गुमाइसकेको छ । यस्तो परिस्थितिमा रास्वपाको विजयले नेपालमा वैकल्पिक राजनीतिका लागि दृढ जग खन्नेछ । चुनावी परिणाम केवल मतको गणित नभई राजनीतिक संस्कारको पुनर्संरचना बन्नेछ । रुपन्देहीको जित नयाँ युगको सन्देश हुनेछ । -जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

पुरुष जस्तै महिलाले पनि गर्न थाले समाज कता जाला ?

रविको खबरदारी र जेन–जीका चाहना ! बुझ्न विलम्ब नहोस् !

३ महिना अगाडि
विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

रबि पक्षमा दस्तखतको लहर बन्दूकभन्दा शक्तिशाली देखियो !

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

घट्याे सुनको भाउ

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक