सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने

श्रममन्त्री भण्डारी पाटन (ललितपुर), १७ असारः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी सुरक्षित आप्रवासन (सामी)कार्यक्रमद्वारा मङ्गलबार ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः माधवप्रसाद घिमिरे÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने जनाएका छन्।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फछ्र्यौटलाई सहज बनायने जनाएका हुन्।

“अहिलेकै कानुनअनुसार हुने हो भने सबै मुद्दा टुङ्गोमा पुग्न २५ वर्ष लाग्छ, त्यसकारण ऐन संशोधन गर्ने पक्षमा छौँ, वैदेशिक रोजगार न्यायाधिकरणको पक्षमा छौँ, जिल्ला जिल्लामा उजुरी लिएर जिल्ला अदालतमा मुद्दा चल्ने अवस्थाका लागि व्यवस्थापन गर्दैछौँ, जिल्ला प्रशासन  कार्यालयमै उजुरी दिने व्यवस्था गर्नु आवश्यक छ,” उनले भने।

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारको विकास र प्रवद्र्धन रहेको उल्लेख गर्दै सुरक्षित वैदेशिक रोजगारसँगसँगै आन्तरिक रोजगारी प्रवद्र्धनका लागि पनि जोड दिइएको जनाए ।

“पहिला मन्त्रालयको ध्यान वैदेशिक रोजगारमा मात्रै थियो, अहिले आन्तरिक रोजगारलाई ध्यानमा दिएर सीप विकास प्रतिष्ठानमार्फत कार्यक्रमलाई अगाडि बढाएका छौँ, अब नेपालीलाई वैदेशिक रोजगारबाट फर्काएर मुलुकको आर्थिक विकास र समृद्धिको हितमा काम गर्न सामीमार्फत नै अभियान अगाडि बढाउन जोड दिन्छौँ, अबको अवस्थामा हामीले यही रोजगारी र अर्थतन्त्रको सृजना गर्नुपर्छ,” उनले भने।

सामी परियोजनाले कार्यक्रमको औचित्यता प्रमाणित गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले सुरक्षित आप्रवासनको सेवालाई ७५३ वटै पालिकामा पु¥याउन चाहेको जनाए ।

“अहिले हामीले राष्ट्रिय आप्रवासन नीतिका लागि ध्यान दिएका छौँ, सरकारले मनोसामाजिक परामर्श गर्ने कुरालाई पनि जोड दिएको छ, वैदेशिक रोजगारका सन्दर्भमा दुई पक्षीय सम्झौताका आधारमा न्यूनतम तलब तोकेर श्रमिकका हितमा काम गरेका छौँ, आतेजाते खर्चमा रोजगारदाताले व्यवस्थापन गर्नुपर्ने गरी व्यवस्था गराउन जोड दिएका छौँ, यो विषयमा अहिले छलफल गरिरहेका छौँ, मेनपावर व्यवसायीले रोजगारीमा जानेसँग बढी पैसा लिएर कामको प्रमाण दिने काम पनि भएको छ, यसलाई पनि ध्यान दिएका छौँ, प्रत्येक नागरिकको हातमा श्रमसंसारको सेवा पुग्नुपर्छ, अहिलेको अवस्थामा प्रविधिको उपयोगलाई ध्यान दिएका छौँ, सबै खालका सेवा प्रवाह स्थानीय तहमा पु¥याउन खोजेका छौँ,” मन्त्री भण्डारीले भने।

वैदेशिक रोजगारका कारण मुलुक खाली भयो भन्ने भाष्य सृजना गरिएको जिकिर गर्दै उनले पाँच वर्षमा ६० लाख नागरिक वैदेशिक रोजगारीमा गएपनि ५० लाख नागरिक स्वदेश फर्किएको तथ्याङ्क रहेको जनाए।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामी परियोजनालाई राम्रोसँग कार्यान्वयन गराउन सरकारले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने बताए। यहाँस्थित स्विस दूतावासका कर्मचारी एन्टोनिया फ्लफलेले सामी परियोजना महत्वपूर्ण सिकाइ भएको उल्लेख गर्दै यसमा धेरै व्यक्तिलाई सहभागी गराएर सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्दै उपलब्धि हासिल गरेकामा  सबैलाई धन्यवाद दिए।

‘हेल्भेटास नेपाल’का सामी परियोजना हेर्ने प्रतिनिधि टङ्क अर्यालले यो सेवा नेपालका सबै तह र क्षेत्रमा आवश्यक रहेको भन्दै सात प्रदेशका सबै स्थानीय तहमा पुग्नेगरी श्रम र आप्रवासनसम्बन्धी समन्वय तथा सहकार्य गर्न ध्यान दिनुपर्नेमा जोड दिए।

मधेश प्रदेशका सचिव युवराज अधिकारीले सामी परियोजनाले गर्ने कार्यक्रम निश्चित समयको हुने भन्दै यसलाई तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेर नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनकुमारी लामा, सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, सुनसरीको इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी, सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, कैलालीको जानकी गाउँपालिका कैलालीका अध्यक्ष गणेश चौधरीलगायतले  सामी परियोजनाले सुरुआत गरेका कार्यक्रमबारे आ–आफ्नो धारणा राखेका थिए।  मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले तीनै तहको लागत साझेदारीमा सञ्चालन हुने सामी परियोजना आगामी आर्थिक वर्षदेखि ५७५ तहमा विस्तार हुने जनाए ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

पेट्रोलियम पदार्थको मूल्य यथावत हुने

३ घण्टा अगाडि
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सबैभन्दा भारी बर्षा स्याङजामा

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक