शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘खानेपानी तथा सरसफाई क्षेत्र सुधारका लागि संकल्प प्रस्ताव पारित सुखद विषय’

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
‘खानेपानी तथा सरसफाई क्षेत्र सुधारका लागि संकल्प प्रस्ताव पारित सुखद विषय’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खानेपानी तथा सरसफाई क्षेत्रको सुधारका लागि कर तथा विद्युत महशुलमा छुट र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित भएको छ ।
सोमबार राजधानीको संवाद डबलीमा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरि संकल्प प्रस्ताव पारित भएकोमा धन्यबाद दिँदै सोको तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।

महासंघका अध्यक्ष खेमराज वलीले नेपालको खानेपानी तथा सरसफाईको इतिहासमा संकल्प प्रस्ताव पहिलोपटक पारित भएकोमा उपभोक्ताहरुका लागि निकै सुखद विषय रहेको बताए । अध्यक्ष वलीले संकल्प प्रस्तावले सबै नागरिकलाई गुणस्तरीय तथा सुरक्षित खानेपानी सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिएको बताउँदै भने, “जनताको संवैधानिक अधिकारलाई कार्यान्वयन गर्न सरकारले छिटो भन्दा छिटो ठोस कदम चाल्नेमा महासंघ विश्वस्त छ, तर त्यस्तो नभएमा आन्दोलन गर्नसमेत पछि पर्ने छैनौं ।”

महासंघ सल्लाहकार ईन्जिनीयर चोकप्रसाद धितालले संकल्प प्रस्तावमा भएका प्राविधिक पक्षहरुको विष्लेशण गरी प्रस्तावहरुको कार्यान्वयनको लागि सम्बन्धित निकायहरुसँग अनुरोध गरे ।
२७ वर्ष राष्ट्रसेवक भएर खानेपानी र सरसफाईको क्षेत्रबाट नै सेवानिवृत्त भएका इन्जिनीयर धितालले यो क्षेत्रको अझै सुधार गर्न जरुरी भएको बताए । अझैपनि ८० प्रतिशत जनताले सुरक्षित खानेपानी उपभोग गर्न नपाएकोले त्यसका लागि आवश्यक पूर्वाधार जरुरी रहेको जनाए । सुरक्षित खानेपानीको लागि आवश्यक पर्ने ब्लिचिङ पाउडर भारतबाट ल्याउनु पर्ने बाध्यता भएको र मूल्यमा समेत महँगो तथा सबैको पहँुचमा  नभएकोले स्वदेशमै उत्पादन गर्नसकिने बताए ।

कोषाध्यक्ष नारायणी भट्टराई (रक्षा) ले खानेपानी र सरसफाई जनताको मौलिक अधिकार भएको विषयमा राष्ट्रिय सभाले गम्भिरता लिएकोमा हार्षित भएको बताइन् । भट्टराईले जनताको मौलिक हकको रुपमा स्थापित सो विषयमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्ने सम्बन्धी संकल्प व्यवहारिकरुपमा लागु हुने आशा व्यक्त गरिन् ।

महासंघका कार्यसमिति सदस्य  सञ्जिव श्रेष्ठले सुरक्षित खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणालाई सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कार्यालय प्रमुख अजय पराजुलीले संकल्प प्रस्ताव समय सापेक्ष र यथार्थपरक रहेको भन्दै यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन आफूहरुले  निरन्तर दबाबको दिने बताए ।

राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावका प्रमुख बुँदाहरूः–
१) खानेपानी आयोजना सञ्चालन गर्ने उपभोक्ता समिति वा संस्थालाई राजस्व, आयकर, भ्याट लगायत सम्पूर्ण कर छुट ।
२) खानेपानी सेवामा जडित विद्युतमा डिमाण्ड शुल्कका साथै विद्युत महसुलमा छुट ।
३) नगर विकास कोषले प्रदान गर्ने ऋणको ब्याजदरमा कम गर्ने ।
४)जनसहभागितालाई राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति २०८० अनुसार लागु गर्ने ।
५) सबै नेपालीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना र सञ्चालन ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक