एजेन्सी । क्लब विश्वकप अन्तर्गत सुरु भएको अन्तिम १६ को खेलमा ब्राजिलियन क्लब डर्वि भिडन्तमा पालमेरासले बोटाफोगोलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ।
त्यस्तै अर्को खेलमा इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब बेनिफिकालाई अतिरिक्त समयमा ४-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो।
आइतबार बिहान सम्पन्न खेलमा चेल्सी र बेनिफिकाबिच निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको बेनिफिकामाथि थप ३ गोल गर्दै क्वाटरफाइनल यात्रा पक्का गर्यो।
पहिलो हाफ गोलरहित सकिएपनि दोस्रो हाफमा रेस जेम्सको गोल मार्फत ६४ औं मिनेटमा अग्रता बनाएको थियो। निर्धारित समयमै जित नजिक पुगेपनि इन्जुरी समयमा बेनिफिकाले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो। बेनिफिकाका लगि एञ्जल डि मारियाले गोल गरेका थिए।
निर्धारित समय १-१ गोलको बराबरि भएपनि अतिरिक्त समयमा चेल्सीले अग्रता फराकिलो पार्यो। खेलको १०८ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले अग्रता दिलाए। लगतै पेड्रो नेटोले १ सय १४ मिनेटमा तेस्रो गोल गर्दा ११७ मिनेटमा डेउसबरी हलले चौंथो गोल गरेका थिए।
त्यसअघि भएको अर्को खेलमा पालमोरोसले पनि अतिरिक्त समयमा जित हासिल गरेको थियो। निर्धारित समय गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पाल्मोरसका लागि पाउलिन्होले निर्णायक गोल गरेका थिए। उनले १०० औं मिनेटमा गोल गर्दै टिमलाई क्वाटरफाइनल पुर्याएका थिए।


