सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारद्वारा ‘केरा गणतन्त्र’ लेखिएको टि–सर्ट नबेच्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सरकारद्वारा ‘केरा गणतन्त्र’ लेखिएको टि–सर्ट नबेच्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  युट्युब च्यानल इन्डेप्थ स्टोरीले डिजाइन गरेको ‘केरा गणतन्त्र’ लेखिएको टि–सर्ट नबेच्न सरकारले निर्देशन दिएको छ । हेलो सरकारमा परेको उजुरीको कार्यान्वयनका क्रममा नेपाल प्रहरीको साइबर ब्युरोले टिसर्ट बिक्रीका लागि रोक लगाएको हो ।

‘यो टि–सर्टले देशको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुगेको भन्दै उक्त डिजाइनको प्रचार र बिक्रीमा रोक लगाउन हेल्लो सरकारमा उजुरी परेको रहेछ,’ ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीले भने, ‘हामीले मन्त्रालय हुँदै आएको निर्देशन कानुनअनुसार पूरा गरेका हौं ।’ तर इन्डेप्थ स्टोरीले भने सामाजिक सञ्जालमार्फत ‘केरा गणतन्त्र’ को अर्थ र ऐतिहासिक सन्दर्भ स्पष्ट पार्न प्रयत्न गरे पनि प्रहरीले नबुझेको जनाएको छ ।

सामाजिक सञ्जालमा उल्लेख भएअनुसार तत्कालका लागि सम्पूर्ण डिजाइनको अर्डर स्थगित गरिएको छ । प्रहरी उपरीक्षक अवस्थी आफ्नो व्यापार व्यवसायका लागि मन लागेको कुरा गर्न नपाइने बताउँछन् । ‘सबै कुरा देशको नियम र कानुन अनुसार हुन्छ,’ उनले भने, ‘उद्देश्य र विषय प्रस्टनभएका कारण बिक्री वितरण नगर्न भनिएको हो ।’

आर्थिक, राजनीतिक र सामाजिक बहसमा बारम्बार आउने शब्द ‘बनना रिपब्लिक’ अर्थात् ‘केरा गणतन्त्र’ सन् १९०४ मा अमेरिकी विद्वान् ओ हेनरीले ‘क्याबेजेज एन्ड किङ्ग्स’ नामक आफ्नो पुस्तकमा पहिलोपटक प्रयोग गरेको भेटिन्छ ।

मध्य अमेरिकी देशहरूमा बस्दा त्यहाँका मुलुकको अध्ययन गर्ने क्रममा उनले होन्डुरसलाई ‘केरा गणतन्त्र’ को संज्ञा दिएका थिए । यसै सन्दर्भबाट ‘बनना रिपब्लिक’ शब्दको प्रयोग आर्थिक तथा राजनीतिक क्षेत्रमा हुन थालेको थियो ।

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

पेट्रोलियम पदार्थको मूल्य यथावत हुने

४ घण्टा अगाडि
भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक