आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हुम्ली जनताको बहुप्रतीक्षित सपना पूरा हुँदै

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला । २६ वर्षको प्रतीक्षापछि हुम्ली जनताको सडक सपना अबको केही दिनमै पूरा हुँदैछ । चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुन लागेको हो ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज-जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन-नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो रहेकाे छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न कूल ४१० किलोमिटर यो सडकको निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैंले लियो । नेपाली सेनाले बनाएको बाहेक हिल्सा-सिमकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र ४ वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७९/८० सम्मको लागत ४ अर्ब १० करोड रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदनको तथ्याङ्ककमा उल्लेख छ ।

सो प्रतिवेदनअनुसार भौतिक प्रगति २२ दशमलब ५ प्रतिशत भएको देखिन्छ । कूल १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्र्याक खोलेको देखिन्छ ।

कर्णाली करिडोरका लागि संघबाट ३ अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपैयाँ १० पैसा बजेट आएको थियो । जसमा २ अर्ब २१ करोड २५ लाख ३६ हजार १६० रुपैयाँ ६५ पैसा खर्च भयो । १ अर्ब १९ करोड ७८ लाख ७ हजार ५५१ रुपैयाँ ४५ पैसा फिर्ता गएको हिल्सा-सिमकोट सडक योजना हुम्लाले जनाएको छ ।

 

राज्यले बजेट खर्च त गर्‍यो, हुम्लीको सडक सपना भने पूरा हुन पाएन । विभागले गर्ने काममा निकै विलम्ब भयो । स्थानीय स्तरबाट सरकारप्रति चर्को असन्तुष्टि बढ्यो । हरेक वर्षको बजेट भाषणमा सिमकोट सडक सञ्जालमा जोड्ने विषयले प्राथमिकता पायो ।

तर, हरेक सालको अन्त्यमा अपेक्षित प्रगति हुन नसक्दा स्थानीय स्तरमा बढेको चर्को दबाबका बीच सरकारले ९ चैत २०७१ मा कालिकोटको लैफु- लालुदेखि हुम्लाको सर्केगाडको सलिसल्लासम्मको १२३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्‍यो । नेपाली सेनाले जिम्मा पाएपछि कोरिडोरको ट्र्याक खोल्ने कामले तुलनात्मक रूपमा तीव्रता पायो ।

७ वर्षमा १२३ किलोमिटर सडक निर्माण

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने कामको जिम्मा पाएपछि नेपाली सेनाले ७ वर्षमा १२३ किलोमिटर सडक निर्माण गरेको छ ।

सेनाले कालिकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्डको १२३ किलोमिटर सडकखण्ड निर्माण गर्ने जिम्मा ९ चैत २०७१ मा पाएको थियो । सेनाले १ साउन २०७८ मा उक्त खण्ड निर्माण सम्पन्न गर्‍यो ।

निर्माण सकेपछि हिल्सा-मकोट सडक योजना कार्यालयका तत्कालीन कार्यालय प्रमुख विसुन्दास लामा र बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द लामालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण दलका तत्कालीन प्रमुख मेजर सेनानी इन्जिनियर मिलन कार्कीले जानकारी दिए ।

त्यसपछि हुम्लाका ताजाकोट, अदनचुली, चंखेली र सर्केगाड गाउँपालिकाका केन्द्र राष्ट्रिय सडक सञ्जालमा जोडिए ।

जिल्लाको दक्षिणका स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, कालिकोट हुँदै हुम्लाको सल्लीसल्लासम्म दैनिक १५ देखि २० बोलेरो जिप र ३० देखि ३५ सम्म मालबाहक ट्रक आउजाउ गर्न थालेका छन् ।

देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमकोट मात्र रहेपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सभापति कल्याणीकुमारी खडकाको संयोजकत्वमा कात्तिक ११, १२ र १३ २०७८ मा स्थलगत अनुगमन गर्‍यो ।

समितिको स्थलगत रिपोर्ट सहितको सिफारिसपछि तत्कालीन भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले निर्माणाधीन कर्णाली कोरिडोरको हवाई अनुगमन गरे । सिमकोटलाई सडक सञ्जालमा जोड्न बाँकी रहेको ११ किलोमिटर कडा चट्टान छिचोल्ने काम सेनाले नै गर्नुपर्ने राय जिल्लाका दल र नागरिक अगुवाबाट मन्त्री नेम्वाङले पाए ।

अवलोकनपछि बाँकी ११ किलोमिटर लेप्च्यादेखि छारे-सुनाखाडा-लालीबगर खण्डको कडा चट्टान भएको ११ किलोमिटर खण्डमा नेपाली सेनाले काम गर्‍यो । ठेकेदार कम्पनीले निर्माण गरेको बोक्चेगौडा र भिइगौडाको केही भागमा नेपाली सेनाले काम गरिरहेको छ ।

 

११ किलोमिटर कडा चट्टानी भागमा सेनाले ट्र्याक खोलेपछि नेपालगञ्ज, सुर्खेतबाट बोलेरो जीप, मालबाहक ट्रक, टयाक्टर हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को खार्पुदोभानसम्म आउजाउ गर्दै आएका छन् । बीचको पक्की पुल निर्माणमा ढिलाइ हुँदा सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोड्न बाँकी रहेको हो ।

यो पनि पढ्नुहोस्

रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिजको कामले तीव्रता पायाे

रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिजको कामले तीव्रता पायाे

२ हप्ता अगाडि
हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा

हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा

२ हप्ता अगाडि

अब भने हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना केही दिनमै साकार हुन लागेको छ । खार्पुनाथ गाउँपालिका-५ खार्पु हुँदै बग्ने चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाली सेनाका अनुसार सो बेलिब्रिजको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ र केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट-खार्पु  मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

पक्की पुल निर्माण बाँकी

कालिकोटको नरहरिनाथ गाउँपालिकादेखि बाजुरा हुँदै हुम्लाको सल्लीसल्लासम्म ९ वटा पक्की पुल निर्माणको ठेक्का लागिसकेको छ । तर निर्माण कम्पनीहरूले पुल निर्माणमा विलम्ब गरिरहेका छन् ।

कालिकोटको खुलालु, सन्नीघाट, फुघाटखोलाको पुल निर्माणका लागि २८ असार २०७९ मा बिकेओ आई बिल्डर्ससँग १८ करोड २५ लाखमा सम्झौता भएको थियो । उक्त पुल सम्झौता भएको ४९ महिनाभित्र काम सम्पन्न हुनुपर्ने हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाले जनाएको छ ।

बाजुरामा पर्ने जुड्डीखोला, बडडीखोला, हुम्ला र बाजुरा जिल्लाको सिमाना कबाडीखोला, हुम्लाको गल्फागाड खोला, सल्लीसल्ला नदी र सर्केगाड खोलामा पुल निर्माण गर्न लुम्बिनी सिंह जेबी धनगढीसँग २८ असार २०७९ मा ४५ करोड ३१ लख लागतमा निर्माण सम्झौता भएको छ । पुल निर्माण नहुँदा सुर्खेत-नेपालगञ्ज आउजाउ गर्न खोलाबाटै गाडी तार्नुपर्ने अवस्था छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक