बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिल्लीदेखि नेपालसम्म क्यान्सर उपचार औषधिकाे कनेक्सन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दिल्लीदेखि नेपालसम्म क्यान्सर उपचार औषधिकाे कनेक्सन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्यान्सरको उपचार हुने भन्दै भारतको दिल्लीमा बिक्री भएको औषधिबारे अनुसन्धान गरिरहेको क्राइम ब्राञ्च (अपराध शाखा) ले नेपाल कनेक्सन फेला पारेको छ ।

क्राइम ब्रान्चका अधिकारीहरूले अनुसन्धानका क्रममा क्यान्सरका नक्कली औषधि ठूलो परिमाणमा काठमाडौं हुँदै भारतसम्म भित्रिएको पत्ता लगाएको भारतको अखबार द इण्डियन एक्सप्रेसले जनाएको छ ।

नेपालबाट भारतमा ती औषधि पठाउनेको समेत पहिचान भइसकेको भन्दै संदिग्धको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । ती व्यक्ति चाँडै पक्राउ पर्ने समेत दाबी गरिएको छ ।

नेपाल प्रहरीका अधिकारीहरूले भने त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको जनाएका छन् ।  अन्तरदेशीय अपराध अनुसन्धान र आतकंवाद मामलामा अनुसन्धान गर्ने विशेष ब्यूरोका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यो विषयमा हामीसँग कुनै खाले समन्वय भएको छैन ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले पनि अनविज्ञता प्रकट गरे ।

यो महिनाको सुरुमा क्राइम ब्राञ्चले भण्डाफोर गरेको नक्कली क्यान्सर औषधिको गिरोहसम्बन्धी अनुसन्धानले ती नक्कली औषधिहरूको ठूलो परिमाण नेपालको काठमाडौं हुँदै भारत भित्रिएको पत्ता लगाएको प्रहरीले जनाएको छ ।

जुनको पहिलो सातामा दिल्ली प्रहरीले अनधिकृत रुपमा दर्ता नभएका क्यान्सरका औषधिहरू बिक्रीलाई बिक्री गर्ने गिरोहलाई समातेको थियो । पक्राउ परेकाहरूबाट अनुसन्धान जारी राखेको प्रहरीले त्यस्ता औषधि नेपालबाट भित्रिएको थाहा पाएको भनिएको छ ।

फरार छन् मुख्य अभियुक्त

यो प्रकरणका मुख्य अभियुक्त नवीन आर्य हालसम्म फरार रहेको भारतीय अधिकारीहरूले भनेका छन् । उनले दिल्लीको व्यापारिक क्षेत्र चाँदनी चोकमा रहेको भागिरथ प्यालेस क्यान्सर एण्ड हेपटाइटिस उपचार केन्द्र चलाउँदै आएका थिए ।

आर्य यसअघि पनि उस्तै किसिमको मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । त्यसबेला उनी चार/पाँच महिना जेल बसेपछि जमानतमा छुटेका थिए । तर, जेलबाट रिहा भएलगत्तै उनले फेरि नक्कली औषधिको धन्दा थालेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । तर, यसपटक चाहिँ उनले रुट परिवर्तन गरेर नेपालतर्फबाट औषधि ल्याउन थालेको पाइएको अधिकृतहरूको धारणा छ ।

क्राइम ब्रान्चका डेपुटी कमिश्नर अफ पुलिस (डीसीपी) विक्रम सिंहले औषधि जाँचको रिपोर्ट आइसकेको र ती सबै नक्कली भएको पाइएको बताएका छन् । ‘हाम्रा अधिकृतहरूले बरामद औषधिहरूलाई फरेन्सिक प्रयोगशालामा परीक्षणका पनि पठाएका छन्’, सिंहले भनेका छन्, ‘विस्तृत प्रतिवेदन कुरिरहेका छौं ।’

‘अरु राज्यका घटनाहरूमा पनि या मामिला जोडिनसक्छन् कि भन्ने हो, वा कुनै समानता छन् कि हिसाबले पुराना फाइलहरू पनि हेरिरहेका छौं’, उनले थपे । डीसीपी सिंहको नेतृत्वमा असिस्टेन्ट सीपी यशपाल, इन्स्पेक्टर आशिष शर्मा, सब–इन्स्पेक्टर प्रकाश र गुमन, र असिस्टेन्ट सई संदीप चौलालगायतको टोलीले यो मामिलामा अनुसन्धान गरिरहेको क्राइम ब्रान्चको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार नवीन आर्यकी पत्नीसमेत यो र्‍याकेटमा जोडिएको हुनसक्ने देखिएको छ । विरामीबाट अनलाइन अर्डर लिन उनका मोबाइल फोन प्रयोग भएको पाइएपछि उनको भूमिकाबारे जाँच भइरहेको अधिकृतहरूको धारणा छ । गिरोहले नगद कारोबारमात्र गर्ने भएकाले पैसाको ट्रेल पत्ता लगाउन कठिन भइरहेको प्रहरीले जनाएको छ ।

‘कुनै बिल छैनन्, आर्यले अनलाइन अर्डर लिने र ह्वाट्सएपमा कुरा गर्ने गर्थे’, सिंहले भने, ‘त्यसकारण कुनै डिजिटल प्रमाण बाँकी रहेन, यदि कसैले अनलाइन यस्ता औषधि खरिद गरेको छ भने, कृपया अगाडि आउनुहोस्, ताकि हामी पुरै सञ्जाल पत्ता लगाउन सकौं ।’

उनले विभिन्न राज्यहरूमा दर्ता भएका यस किमिसको मुद्दाहरू पनि प्रहरीले हेरिरहेको बताएका छन् । ‘अरु राज्यका घटनाहरूमा पनि या मामिला जोडिनसक्छन् कि भन्ने हो, वा कुनै समानता छन् कि हिसाबले पुराना फाइलहरू पनि हेरिरहेका छौं’, उनले थपे ।

सामाजिक सञ्जालबाटै बिक्री

प्रहरीका अनुसार लक्ष्मीनगर, बुढ विहार र चाँदनी चौकमा एकसाथ छापा मारेर ६ जनालाई पक्राउ गरिएको थियो । त्यसक्रममा लाखौं मूल्य बराबरका नक्कली औषधिहरू बरामद भएका थिए । प्रहरीले जनाए अनुसार, अभियुक्तहरूले सामाजिक सञ्जालका समूहहरू प्रयोग गरी क्यान्सरका बिरामीहरूलाई लक्षित गर्थे र महँगा औषधि छुटमा दिने भन्दै प्रलोभन देखाउने गरेका थिए ।

पछि थप दुई व्यक्तिहरू पनि पक्राउ परेका थिए । उनीहरूमाथि दिल्ली, एनसीआर क्षेत्रमा नक्कली क्यान्सर औषधिका फाइलहरू ल्याएको आरोप थियो । प्रहरीसँग बयान दिने क्रममा उनीहरूले ती औषधिहरू काठमाडौं हुँदै भारत भित्र्याएको खुलाएको अधिकारीहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस्

अमेरिकासँग कर वृद्धि अन्त्यसम्ममा सम्झौता हुने

आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता

१ हप्ता अगाडि
श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक