बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०का उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष चतुरबहादुर चन्दलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्रमा उनीहरूले हालको नेतृत्वद्वारा लिइएका निर्णयहरूमा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाइएको, एकल व्यक्ति केन्द्रित निर्णय प्रवृत्ति मौलाएको र सामूहिक निर्णय प्रक्रियाको बेवास्ता गरिएको आरोप लगाएका छन्।

उपाध्यक्ष सिंहसहित दुर्गाराज पाठक, प्रदीप मजगैंया, बिक्रम विष्ट, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्टले हस्ताक्षर गरेको पत्रमा नेपालको क्रिकेट विकासमा क्यानको प्रयासलाई सकारात्मक ठहर गरिए पनि ती प्रयासहरू व्यक्तिगत स्वार्थबाट प्रभावित भएको दाबी गरिएको छ। यसबारेमा क्यानका अध्यक्ष चन्दले भने यी कुराहरूलाई सुझावका रूपमा लिएको जनाए । ‘उहाँहरूले गुनासो अनि सुझावकै रूपमा पठाउनुभएको हो, अलिकति केही समस्या देखिएको होला, आगामी दिनमा हामी यस्ता कमजोरी सुधार्छौं’ उनले  भने ।

पत्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन गर्ने तयारी भइरहेपनि पहिलो संस्करणको आर्थिक विवरण अझै बोर्डले प्राप्त नगरेको र त्यो हिसाबकिताब क्यान बोर्डबाट अनुमोदनसमेत नभएको उल्लेख गरिएको छ। अध्यक्ष चन्दका अनुसार यसबारेमा अघिल्लो बोर्ड मिटिङमा नै छलफल भएर चाँडो सार्वजनिक गर्ने सहमति भएको थियो । यस्तै, वेस्ट इन्डिज र नेपालको यूएईमा प्रस्तावित सिरिजसम्बन्धी जानकारी मिडियामार्फत मात्र थाहा पाइएको भन्दै बोर्डलाई बेवास्ता गरिएको गुनासो पनि पत्रमा गरिएको छ।

‘क्यान कुनै एक वा दुई जनाको संस्था होइन’ पत्रमा उल्लेख छ, ‘संस्था विधि, विधान र विनियमले निर्धारण गरेको प्रक्रिया अनुसार चल्नुपर्ने हो। तर हाल देखिएको एकल निर्णय प्रणालीले संस्था अपारदर्शी बन्दै गएको छ।’ यसबारेमा भने चन्दले उक्त विषयबारे वेस्ट इन्डिज बोर्डले नै अलि गोप्य राख्ने आग्रह गरेको बताए । ‘वेस्ट इन्डिज बोर्डले नै सार्वजनिक गर्नुअघि गोप्य राख्नु भनेको भएर उहाँहरूलाई पछि थाहा भयो’ उनले भने ।

पत्रमा बोर्ड सदस्यहरूसँग छलफल नगरी महत्त्वपूर्ण निर्णयहरू गरिनु विधि विधानको उल्लंघन भएको बताइएको छ। साथै, यस प्रकारको व्यवहार जारी रहेमा भविष्यमा उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवारी आफूहरूले नलिने चेतावनीसमेत दिइएको छ। उक्त पत्रलाई असहयोग वा पूर्वाग्रही कदमको रूपमा नभई संस्थालाई मजबुत बनाउने र पारदर्शीता अभिवृद्धि गर्ने प्रयासको रूपमा हेर्न पनि आग्रह गरिएको छ।

पत्रमा एक(दुई व्यक्ति भनेर उल्लेख गरिएकोबारे बुझ्न खोज्दा बोर्ड सदस्यहरूसँग सम्पर्क हुन सकेको छैन । पत्रमा लगाइएको आरोप सचिव पारस खड्कातर्फ इंगित भएको कुरा बाहिर आइरहेका छन् तर यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने आधार भने छैन । सचिव खड्का भने हाल देशबाहिर छन् । उनी व्यक्तिगत कामका लागि बाहिर रहेको अध्यक्ष चन्दले जनाए ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

८ घण्टा अगाडि
साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि गाेलकाे बर्षा

साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि गाेलकाे बर्षा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक