काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि राप्रपाका सांसदहरुले असहमति जनाएका हुन् ।
बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले बनाएको छानविन समितिले निष्पक्ष रुपमा काम गर्न नसक्ने र विधिको शासन स्थापीत गर्न नसक्ने जनाए । भिजिट भिसा प्रकरणमा संलग्न रहेका मन्त्रीहरुलाई उन्मुक्ति दिनका लागि सरकारले नयाँ कदम चालेको भन्दै उनले यसका बिरुद्ध सदन र सडकबाट निरन्तर विरोध गर्ने जनाए । सरकारले बनाएको छानविन समितिले पीडितलाई न्याय दिन नसक्ने उनको धारणा छ ।


