काठमाडाैं । नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय समितिको बैठक बोलाउनका लागि देय् दबूका केन्द्रीय पदाधिकारी र सदस्यहरु गरि जम्मा १४ जनाले लिखित निवेदन दिएका छन् ।
आज असार १० गते केन्द्रीय कार्यालयमा दर्ता गरेको उक्त निवेदनमा आठौं महाधिवेशन स्थगित भएको एक महिना वितिसक्दा पनि केन्द्रीय समितिको बैठक नबोलाएका कारण आफूहरुले बैठक बोलाउन माग गरेको कुरा उल्लेख गरिएको छ । विसम परिस्थितिमा नेवाः देय् दबूको संरक्षण र सुरक्षित गर्ने दायित्व केन्द्रीय समितिमा समेत रहेकोले बैठक बोलाउनका लागि माग गरिएको कुरा उल्लेख छ । केन्द्रीय अध्यक्षको नाममा लेखिएको उक्त पत्रमा देय् दबूको विधानको दफा १६ को ख मा केन्द्रीय समितिका एक तिहाई सदस्यले केन्द्रीय समितिको बैठक बोलाउनका लागि माग भएमा केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने कुरा उल्लेख गरिएको छ । त्यसै दफाको आधारमा केन्द्रीय समितिको बैठक बोलाउनका लागि माग गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरुमा बरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, उपाध्यक्ष घनश्याम श्रेष्ठ, उपाध्यक्ष रश्मिला प्रजापति, उपाध्यक्ष अनिल मास्के र सदस्यहरुमा हरिकुमार श्रेष्ठ, विद्या मास्के, वसन्ता श्रेष्ठ, हरिकुमार श्रेष्ठ, बाल कुमारी श्रेष्ठ, सोम बहादुर श्रेष्ठ, विमला प्रधान, विमला श्रेष्ठ र तिलक बहादुर श्रेष्ठ रहेका छन् ।