शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आगामी आर्थिक वर्षमा सन्तुलन हिसाब गरेर बजेट ल्याइयाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आगामी आर्थिक वर्षमा सन्तुलन हिसाब गरेर बजेट ल्याइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा सन्तुलन हिसाब गरेर बजेट ल्याएको जनाएको छ ।

भूगोल र जनसंख्या अनुपात आधारमा सन्तुलित बजेट ल्याएको मन्त्रालयको दाबी छ । कोशी प्रदेशमा नेपालको कुल जनसंख्याको १७.०३ प्रतिशत बसोबास गर्छन् ।

सहरी विकास मन्त्रालयले कोशीमा १६‍‍.९ प्रतिशत बजेट विनियोजन गरेको छ । करिब २० प्रतिशत जनसंख्या रहेको मधेसमा करिब १२ प्रतिशत बजेट छुट्याइएको छ । २१ प्रतिशत जनसंख्या रहेको बागमतीमा करिब २६ प्रतिशत बजेट राखिएको छ । त्यस्तै ८‍.४९ प्रतिशत जनसंख्या रहेको गण्डकीमा ११.२३ प्रतिशत, १७.५५ प्रतिशत जनसंख्या रहेको लुम्बिनीमा १६.३८, ५.८ प्रतिशत जनसंख्या रहेको कर्णालीमा ८‍.३ र ९ प्रतिशत जनसंख्या रहेको सुदूरपश्चिममा ९ प्रतिशत हाराहारी बजेट विनियोजन भएको छ ।
काठमाडौं उपत्यकाका सन्दर्भमा नेपालको कुल जनसंख्याको १०.२६ प्रतिशत मानिस यस उपत्यकाका स्थायी बासिन्दा भए तापनि थप ९ प्रतिशत जति भाडामा बस्ने जनसंख्या जोड्दा करिब १९ प्रतिशत मानिस यहाँ बसोबास गर्ने समेत मन्त्रालयको  धारणा  छ । यति ठूलो जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकालाई बस्नयोग्य बनाउने उद्देश्यले यहाँका प्रदूषित नदीनालालाई पुनर्जीवन दिन, करिडोरका सडक सुधार गरी मुख्य सडकमा निजी सवारीसाधन चाप कम गर्न, हरित पार्क विस्तार गर्न, पानी पर्दा तालजस्तो बन्ने सडक तथा ढल सुधार गर्न करिब १६ प्रतिशत बजेट विनियोजन गरिएको जनाएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गत महत्त्वपूर्ण निकाय अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट सञ्चालन हुने कार्यक्रम काठमाडौं उपत्यका केन्द्रित रहेकाले पनि काठमाडौं उपत्यकामा अन्य क्षेत्रभन्दा केही बजेट बढी देखिन गएको मन्त्रालय जनाउँछ ।

काठमाडौ उपत्यका बाहेक बागमति प्रदेशका अन्य जिल्लाको जनसंख्या १०.२ प्रतिशत रहेकोमा १०.५ प्रतिशत बजेट बिनियोजन भएको छ । ‘सहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसांख्यिक आधारमा प्रादेशिक सन्तुलन कायम हुने गरी विनियोजन गरिएको कुरा पुष्टि हुन्छ,’ मन्त्रालयका एक सहसचिवले भने ।

सहरी विकास मन्त्रालयको बजेट बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख बराबर छ ।

यो पनि पढ्नुहोस्

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

४८ मिनेट अगाडि
नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

खसी तस्करीमा आएन कमी

सुनचाँदीकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक