आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 mins read
0
उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा बन्धक बनाइएका २२ जना नेपालीको उद्धार गरिएको छ । स्थानीय सामाजिक संस्था र प्रहरीको सहयोगमा आइतबार उनीहरूको उद्धार गरिएको हो ।

“रुद्रपुरबाट बन्धक बनाइएका २२ जना नेपाली युवाको उद्धार गरिएको छ,” भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले भने, “योसँगै उद्धार हुनेको संख्या ५७ पुगेको छ ।”

एक गिरोहले भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा डेढ सयदेखि २०० सम्म नेपालीलाई बन्धक बनाएको सूचना प्राप्त भएपछि स्थानीय प्रहरीले उनीहरूको खोजी गरेको थियो ।

“प्रहरीले खोजिरहेको भेउ पाएपछि बन्धक बनाइएका नेपालीलाई अन्यत्र सारेको शंका छ,” उपनियोग प्रमुख थापाले भने । गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीलाई भारतको रुद्रपुर पुर्‍याएर बन्धक बनाउँदै रकम असुल गर्ने गरेको खुलेको थियो । “रोजगारीको बहानामा बोलाउने । सम्बन्धित ठाउँमा पुर्‍याएपछि बैंक खाता खोल्न, आधार कार्ड बनाउन भन्दै घरबाट पैसा मगाउन लगाउने गरेको पाइएको छ,” उपनियोग प्रमुख थापाले भने ।

गिरोहले भनेबमोजिम पैसा मागेर नबुझाए उनीहरूमाथि कुटपिटसमेत हुने गरेको छ । गिरोहले बन्धक बनाएका एक नेपाली भागेर स्थानीय एनजीओमार्फत दूतावास आउन सफल भएपछि यो सबै खुलेको थियो ।

यही असार ५ गते मात्र रुद्रपुर नजिकैको भारतीय सहर काशीपुरबाट यसैगरी बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई स्थानीय एनजीओ र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार, आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारतको उत्तराखण्डको काशीपुरमा बोलाई बन्दी बनाइएको थियो ।

उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको सूचना पाएपछि नेपाली दूतावासले उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा असार ५ गते ३५ जना नेपालीको सफलतापूर्वक उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये केही नेपाली युवा १० महिनादेखि बन्धक थिए ।

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको उपनियोग प्रमुख थापाले बताए । उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने जानकारी उनले दिए ।

पीडितसँग गिरोहले १२ हजार देखि ५० हजार भारतीय रुपैयाँसम्म (१९ हजार २०० देखि ८० हजार रुपैयाँसम्म) उठाउने गरेको पीडितहरूले नयाँ दिल्लीस्थित नेपाली दूतवाासलाई बताएका छन् । उनीहरूलाई बनबासा र सुनौली बोर्डर हुँदै भारतको उत्तरखण्ड पुर्‍याइएको थियो ।

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

४ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक