काठमाडाैं । लोकनारायण सुबेदी (अध्यक्ष) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले साम्राज्यबादले कुनै पनि राष्ट्र र जनतामाथि थोपर्ने अन्यायपूर्ण युद्धका बिरुद्ध आवाज उठाउनु, खडा हुनु र निरन्तर सार्थक शान्तिको वकालत गर्नु सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको संघर्षको एउटा अबिछिन्न परम कत्र्तब्य नै रहेर आएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टीले त आफ्नो स्थापना कालदेखिनै सबै प्रकारका बिदेशी दख्खल, हस्तक्षेप र आक्रमणको सचेत, संगठित र संस्थागतरुपमा बिरोध जनाउँदै आएको यथार्थ पनि सर्ब बिदितै छ ।
यसै क्रान्तिकारी परम्पराको परिप्रेक्षमा हालै साम्राज्यबादी अमेरिकाले कथित आणबिक हतियार निर्माणको निहु बनाएर निरन्तर शान्तिपूर्ण बार्ताको माध्यमबाट समस्या समाधान गर्न तत्परता र क्रियाशीलता देखाइरहेको सार्बभौम राष्ट्र इरानमाथि अमेरिकी साम्राज्यबादले गरेको जबर्जस्ती बम हमलाको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र तीब्र भत्र्सना गर्दै साम्राज्यबादी यो हमला अन्तार्राष्ट्रय कानुन, यस सम्बन्धि संबिदाहरु, संयुक्त राष्ट्र संघको बडापत्र तथा ठूलो बिश्व जनमतको पनि घोर उलंघन र अपमान हो भन्ने उल्लेख गरिएकाे छ ।
आणबिक परमाणबिक युद्ध आयुधहरुको बलमा बिश्व बर्चश्व कायम गर्न उद्यत साम्राज्यबाद यतिबेला बिशेषगरी डोनाल्ड ट्रम्मको यो दोश्रो कार्यकालपछि मध्य पूर्बमा प्यालेस्टिनी स्वाधीनताका बिरुद्ध जाति नरसंहारमा लागेको ‘जिओनिष्ट’ इजरायललाई आम जनहत्या र आफ्नै मातृभूमिबाट बिस्थापित गराउन निरन्तर आड भरोसा र सबै प्रकारको सहयोग गरिरहेको छ भने ईरानका बिरुद्ध पनि इजरायलाई उक्साएर ईरानमाथि गराएको हालैको हमलाले नपुगेर स्वयं ईरानमाथि अमेरिकी साम्राज्यबादले बम बर्षाउन थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी बिश्व युद्ध भड्काउन उक्साउने र त्रास फैलाउने यो युद्ध तुरुन्त रोक्न र समस्याको शान्तिपूर्ण समाधान खोज्न जोडदार माग समेत गरेकाे छ । यसका लागि नेपाल लगायत बिश्वका सम्पूर्ण शान्तिकामी जनतालाई युद्ध र युद्ध अपराधका बिरुद्ध बिश्व शान्तिका लागि आवाज बुलन्द गरिरहन समेत नेपाल कम्युनिष्ट पार्टी जोडदार आग्रह गरेकाे छ ।