बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानमाथि आक्रमण गर्न १ सय २५ वटा जहाज प्रयोग

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 6 mins read
0
इरानमाथि आक्रमण गर्न १ सय २५ वटा जहाज प्रयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एजेन्सी । अमेरिकाले झुक्क्याएर आइतबार इरानी आणविक भट्टीमा प्रहार गरेको खुलेको छ। अमेरिकाले फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टीसहित नतान्ज र इस्फहानमा रहेका भट्टीमा पनि आइतबार बिहान आक्रमण गरेको थियो। फर्दोको पहाडमुनि रहेको भट्टी ध्वस्त पार्न बी-२ बमवर्षक विमानबाट झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्थ्यो।
अमेरिकाले सो आक्रमण गर्न लागेको भनेर इरानले थाहा नपाओस् भनेर शनिबार मिजोरीबाट एक हुल बी-२ बमवर्षक विमान पश्चिमतर्फ लागे। ती विमानहरू ट्रयाक गर्न नमिल्ने (स्टेल्थ) भए पनि तीनले झुक्क्याउन सार्वजनिक रूपमै ट्रयाक गर्न मिल्ने गरी प्रशान्त महासागरतर्फ उडे। घरी ट्रयाक गर्न मिल्ने घरी नमिल्ने गर्दै तिनीहरू प्रशान्त महासागरमा रहेको गुआम शिविर तर्फ उडे। मिजोरीबाट त्यो हुल पश्चिमतर्फ उडेकै समयमा सातवटा बी-२ बमवर्षक विमान भने दुई-दुई वटा जिबियू–५७ बंकरभेदी बम बोकेर इरानमा आक्रमण गर्न पूर्वतर्फ लागे। ती जहाजहरू ट्रयाक गर्न नमिल्ने गरी नै झण्डै १८ घण्टा उडेर इरान पुगे। अनि ६ वटा बी-२ ले फर्दोमा १२ वटा जिबियू–५७ प्रहार गरेकाे छ ।
अर्कोले नतान्जमा दुईवटा जिबियू–५७ खसाल्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि देखि नै इरानमा आक्रमण गर्ने सन्देश दिएकाले इरानीहरूलाई झुक्क्याउन अमेरिकी सेनाले केही बी-२ बमवर्षक विमान देखिने गरी इरानतर्फ नभएर पश्चिमतर्फ उडाएको खुलेको छ। ट्रम्पले आक्रमणबारे सार्वजनिक टिप्पणी वा आफ्नो सामाजिक संजालमा पोस्ट गर्लान् भनेर सो आक्रणको योजना बनाइरहेका जनरलहरूलाई ठूलो चिन्ता रहेको बताइन्छ। इसराइलले जुन १३ मा हमला गरेदेखि नै फर्दोमा रहेको भट्टीमा प्रहार गर्न अमेरिका पनि सहभागी हुने खालको सन्देश दिएका थिए। यस्तोमा इरानीहरू अमेरिकी आक्रमणबारे पक्कापक्की भएर बसेका थिए। त्यसैले उनीहरूलाई झुक्क्याउन आफ्ना जनरलहरूको सल्लाह अनुसार ट्रम्पले केही दिनअघि दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय लिने बताएको मानिन्छ।
इरानमाथि आक्रमण गर्न अमेरिकाले बी-२ बमवर्षक विमान, लडाकु विमान र हावामै ती विमानहरूमा तेल हाल्न इन्धन बोक्ने विमानहरू गरी १२५ वटा भन्दा बढी विमानको प्रयोग भएको अमेरिकी मिडियाले लेखेका छन्। अमेरिकी अनलाइन एक्सियसका अनुसार हमला गर्नु केही दिनअघि बी-२ बमवर्षक विमानको सुरक्षाका निम्ति ती भट्टीको आसपास रहेका इरानका एअर डिफेन्स सिस्टम ध्वस्त पार्न इसराइललाई अमेरिकाले आग्रह गरेको थियो। अमेरिका आफैले पनि केही एअर डिफेन्स सिस्टमको लोकेसन दिएको थियो। त्यसपछि इरान पुग्ने बेलामा सुरूमा लडाकु विमानहरू गएर केही स्थानमा प्रहार गरे। अनि त्यसपछि बी-२ बमवर्षक विमानले बंकरभेदी जिबियू–५७ बम खसाले।
अपरेसन ‘मिडनाइट ह्यामर’ नाम दिइएको सो अमेरिकी आक्रमणमा लडाकु र बमवर्षक विमानहरू बाहेक एक पनडुब्बीले समेत इरानमाथि मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले खुलाएको छ।

यो पनि पढ्नुहोस्

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्राविरुद्ध अदालतमा बयान

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्राविरुद्ध अदालतमा बयान

११ घण्टा अगाडि
भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित

भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक