काठमाडौं । सिराहा, कर्जन्हा नगरपालिका-९ चमार टोल बस्ने ३७ वर्षीय उमेश भण्डारीको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख ७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुर, वेदकोट नगरपालिका-१ चम्फापुर बस्ने नन्दा कुमारी भट्टले आफ्नै घरमा संचालन गरेको फेन्सी पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब २४ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।