आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 mins read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ ।

शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।

रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए । सफिया सरिफले २ विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १-१ विकेट लिए ।

नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको थियो । भुर्तेल ४ रनमा, भीम सार्की १२ रनमा, आसिफ शेख १४ र आरिफ शेख ५ रनमा आउट भएपछि नेपालले पावरप्लेभित्रै ४ विकेट गुमाउँदा नेपाल ४३-४ को अवस्थामा थियो । त्यसपछि दबाबमा आएको नेपाल त्यसबाट पूर्ण रूपमा बाहिर निस्कन सकेन । दिपेन्द्र र रोहितले साझेदारी गरेपनि लामो समयसम्म जान सकेन ।

त्यसअघि जर्ज मन्सेको आक्रामक अर्धशतकमा स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो ।

ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए । त्यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे । मन्से र म्याकमुलेनले मिलेर दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । ३४-१ बाट १३४-२ को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि ११ रनको अन्तरमा ३ विकेट लिएपछि स्कटल्याण्ड १४५-५ को अवस्थामा पुगेको थियो । त्यहाँबाट लिस्क र क्रसले ४८ रनको अविजित साझेदारी गरे ।

नेपालका कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १-१ विकेट लिए ।

यस शृंखलामा हालसम्म नेपालले ४ खेलमध्ये २ खेल जित्दा २ मा पराजित भयो । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । यस शृंखलामा सबै टोलीले २-२ खेल जिते ।

यो पनि पढ्नुहोस्

साफ  यू-२० महिला च्याम्पियनसिप जितेर फर्कने

साफ यू-२० महिला च्याम्पियनसिप जितेर फर्कने

३ दिन अगाडि
फिफामा नेपाल १७६औं स्थान

फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम एक स्थान तल

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

‘श्री ५ महाराजधिराज’ भनेर नलेख्ने

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक