काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका-१० मंगलवारे बस्ने ७२ वर्षीया कमलिया चन्द्रवंशीको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ४९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, माधव नारायण नगरपालिका-३ भेलही बस्ने चन्देशवर यादवको घरमा बुधबार साँझ आगलागी हुँदा करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।