काठमाडाैं । उदयपुर ताप्ले गाउँपालिका ३ इनामे स्थित झिल्के पोखरी मा.वि कक्षा ९ मा अध्ययनरत १३ बर्षिय सन्जय तामाङलाई ब्लड क्यान्स पुष्टि भएको छ ।
ताप्लि गाउँपालिकामा घर रहेका उनी रत्नबहादुर तामाङको छोरा, श्री जङ्ग बहादुर तामाङको नाति हुन् ।
अहिले चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारत रहे पनि रकम अपुग भएकाले थप उपचार गर्नका लागि छिमेकी देश भारतमा स्वास्थ्य उपचार गराउनु पर्ने सुझाव डाक्टरले दिएकाे छ । जस अनुरूप ठूलो रकम करिब ५० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएकाे छ ।
उनका आफन्तहरूले सामाजिक सञ्जाल मार्फत घरको अवस्था नाजुक भएकाे जनाउँदै आर्थिक सहयाेग अपिल गरेका छन् ।
ब्लड क्यान्सरबिरूद्व लडिरहनु भएका १३ बर्षिय सन्जय तामाङलाई बचाउन उनकाे परिवारले अनुराेध गरेका छन् ।
यदि नयाँ जीवन दिलाउन चाहानु हुने मनकारीहरूकाे सानाे सहयाेगले पनि उनले पुनः जीवन पाउन सकिने भएकाले सहयोगी दाताहरुले प्रभु बैंक खाताकाे क्यूआर स्क्यान स्क्यान मार्फत रकम पठाएर सहयोग गर्न सकिन्छ ।
थप जानकारी तल दिइएकाे छ :