काठमाडौं । अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।
अनेसासको बिधान अनुरुप दुईबर्षे कार्यकाल रहने गरि अधिवेशनबाट निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति तय गरेको छ ।
अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति रहेको थियो जसमा निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेका थिए ।
निर्विरोध रुपमा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय महासचिव लगायतले शुभकामना व्यक्त गरेका थिए । आफ्नो कार्यकालमा सबै सदस्यहरुले सहयोग गरि सम्पन्न भएको र अधिवेशन सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबै प्रति निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भयो ।
अधिवेशन अनलाइन मार्फत आज (जुन १९) भएको थियो । साथै कार्यसमितिले ५ सदस्यीय सल्लाहकार समिति समेत पारित गरेको छ । सल्लाहकार समितिमा रबिन अधिकारी, यादव देवकोटा, सबी श्रेष्ठ, अर्जुन श्री र आरपी पन्त रहेका छन् ।