आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आयोग बनाउँदै भत्काउँदै किन ? के सरकार गम्भीर नभएको हो ?

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 mins read
0
शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको शान्ति प्रक्रियाले करिब दुई दशकभन्दा लामो समय छोइसकेको छ । तर आजसम्म द्वन्द्वकालका अपराधमा सत्यको खोजी र न्यायको प्रत्याभूति दिलाउने भनिएका संक्रमणकालीन न्यायका दुई प्रमुख आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग दलहरूको राजनीतिमै अल्झिएका छन् । यही सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै शान्ति प्रक्रियामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

गत मंगलबार काठमाडौंमा आयोजित बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव चन्दले शान्ति प्रक्रियाको १९ वर्षपछि पनि राज्यले जिम्मेवारी नलिएर बेपत्ता परिवारप्रति उपेक्षा गरेको बताए । ‘यो १९ वर्षमा शान्ति प्रक्रियाको सवालमा यो राज्य संवेदनहीन रूपमा देखा प¥यो । माओवादीसँग सम्बन्धित मान्छेलाई मात्र परेको कुरा वा बेपत्ता योद्धाको परिवारलाई परेको पीडा मात्र होइन । एउटा निष्पक्ष र न्यायिक दृष्टिले हेर्ने न्यायवादी, मानवतावादी, मानव अधिकारवादी र सचेत नागरिक सबैलाई के परेको छ भने बरु छलफल निष्पक्ष गरे हुन्छ तर यो त टुंग्याउनुपर्ने विषय हो नि,’ उनले भने, ‘यस विषयमा राज्य किन यति धेरै लापरबाही बनेको ? किन जबाफदेहीविहीन बनेको ? अर्को तरिकाबाट भन्ने हो भने बलिदान र त्याग गर्नेहरूमाथि यति धेरै पूर्वाग्रही र हेलचेक्र्याइँ किन गरेको ? भन्ने प्रश्न आज खडा भएको छ ।’

विप्लवको यो प्रश्न आकस्मिक छैन, न त अतिरञ्जित नै । एकातर्फ जनयुद्धमा संलग्न मूलधारे माओवादी दलहरू सरकारको हिस्सा बनेका छन्, अर्कोतर्फ द्वन्द्वपीडितहरू अझै न्यायको पर्खाइमा छन् । यसैबीच, विप्लव जस्ता नेताहरू जसले पछिल्लो समय शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दै सरकारसँग राजनीतिक संवादमार्फत प्रतिबन्ध फुकुवा गराएका थिए, उनीहरूको समेत विश्वास अब खण्डित हुन थालेको देखिन्छ । शान्ति प्रक्रियामा राज्यको प्रतिबद्धता झुटो सावित हुँदै गएको प्रमाणहरू दिन–प्रतिदिन देखिएको विप्लवले बताएका छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग २०७१ सालमा पहिलोपटक गठन गरिएका थिए । तर दलहरूबीच सहमति नबन्दा, पीडितमैत्री ढाँचा नबन्दा र दोषीहरूलाई जोगाउने उद्देश्यका कारण ती आयोगहरू लगभग निष्क्रिय बनाइए । तत्कालीन पदाधिकारीहरू विवादास्पद तरिकाले हटाइए । आयोगलाई पुनर्गठन गर्नका लागि कानुनी संशोधन आवश्यक भयो, तर त्यो पनि वर्षौँदेखि संसदमा अल्झियो । जब कानुन संसोधन भयो पनि, आयोग गठनको प्रक्रिया फेरि पनि राजनीतिक भागबण्डामै सीमित भयो ।

२०८१ सालको सुरूवातमा आयोगको सिफारिस समिति गठन भयो, जसमा प्रमुख दलहरूको सहभागिता रह्यो । तर पदाधिकारी चयनका लागि सिफारिस गर्नुपर्ने नाममा पनि दलहरूबीच सहमति हुन सकेन । तत्कालीन सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र कांग्रेसबीच भागबण्डाको राजनीति चल्यो, विपक्षी एमाले टाढै रह्यो । यसबीच, द्वन्द्वपीडितहरूको आवाज अझै राज्यद्वारा उपेक्षित रह्यो । अहिले फेरि एमाले र कांग्रेस गठबन्धनको सरकारले आफ्नै प्रतिनिधिको बाहुल्य हुने गरी यी आयोगमा सदस्य चयन गरेका छन् ।

यस्तो पृष्ठभूमिमा विप्लवले उठाएको प्रश्न, “आयोग किन बनाउने ? किन भत्काउने ?’ केवल व्यक्तिगत गुनासो होइन, यो सिंगो प्रणालीमाथिको प्रश्न हो । यो प्रश्नले सरकारको द्वैध चरित्र प्रकट गर्छ, एकातर्फ अन्तर्राष्ट्रिय समुदायसामु शान्ति प्रक्रियाको सफलताको ढोल पिट्ने, अर्कोतर्फ भित्रभित्रै पीडितका मुद्दा दबाउने । अहिलेको आयोग निर्माण प्रक्रिया फेरि पनि दलहरूको मिलेमतोमा सीमित छ, जसमा न पीडितको आवाज छ, न वस्तुनिष्ठ कानुनी मापदण्ड ।

संक्रमणकालीन न्यायको मूल मर्म हो, द्वन्द्वका बेला भएका गम्भीर मानव अधिकार उल्लंघनको सत्यको खोजी, दोषीलाई जवाफदेही बनाउने, पीडितलाई क्षतिपूर्ति दिने र फेरि यस्तो नहोस् भन्ने संस्थागत ग्यारेन्टी प्रदान गर्ने । तर नेपालको सन्दर्भमा यी सबै लक्ष्य आजसम्म अधुरै छन् । अझ गम्भीर पक्ष के छ भने सरकार र प्रमुख राजनीतिक दलहरूले संक्रमणकालीन न्यायलाई केवल एक औपचारिकताका रूपमा बुझिरहेका छन्, जसको प्रयोग उनीहरूले अन्तर्राष्ट्रिय दबाब व्यवस्थापन र आन्तरिक शक्तिसन्तुलन कायम राख्नका लागि गर्छन् ।

विप्लवको आक्रोशले सरकारलाई केवल आलोचना होइन, चेतावनी पनि दिन्छ, यदि शान्ति प्रक्रियाको बाँकी काममा गम्भीरता देखिएन भने नयाँ असन्तोष र अविश्वास जन्मिन सक्छ । वर्तमान सत्ताले बुझ्नुपर्छ, तबसम्म द्वन्द्व समाधानको प्रक्रिया अन्त्य हुँदैन, जबसम्म पीडितले न्याय पाउँदैनन् । आयोग गठनलाई राजनीतिक ‘डिल’ बनाउँदै जाने हो भने, यो प्रक्रिया ढिलो होइन, पूर्णतः असफल बन्छ ।

विप्लले शान्ति प्रक्रियामा राज्य संवेदनहीन बनेको आरोप लगाएका छन् । ‘यो १९ वर्षले राज्य संवेदनहीन बनेको नै भन्छ । अहिले जसरी आयोगहरू बन्ने र भत्किने काम भएको छ त्यो राज्यको एकदमै षड्यन्त्रपूर्ण र जालसाजीपूर्ण कार्यको रूपमा देखिन्छ । बनाउने भत्काउने, बनाउने भत्काउने किन गरिराखेको ? कस्तो मान्छे चाहिएको हो आयोगमा ? बेपत्ताकै नाममा पैसा खर्च भइरहेको छ तर निष्कर्ष कहिले पुग्दैन । नेपालको राजनीतिमा कुनियत छ, त्यहाँ षड्यन्त्र छ भन्ने बुझिन्छ । यो विषयलाई टुंगोमा पु¥याउनुभन्दा त्यसमा कसै न कसैको स्वार्थ छ भन्ने देखिन्छ ।’

विप्लवको आक्रोशले द्वन्द्वपीडितको विश्वास जित्ने आयोग निर्माण, निर्दोषलाई न्याय दिने निस्पक्ष छानबिन, र दोषीलाई संरक्षण होइन, कानूनको कठघरामा ल्याउने राजनीतिक इच्छाशक्तिलाई झकझकाएको छ । जबसम्म यस्तो इच्छाशक्ति देखिँदैन, शान्ति प्रक्रियाको सफलता भनी गरिने दावीहरू केवल भ्रम हुनेछन् । जनधारणा साप्ताहिक

 

 

 

 

 

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन फेरिने संकेत !

सत्ता गठबन्धन फेरिने संकेत !

३ दिन अगाडि
नेपालको इतिहासकै निकृष्ट घटना

नेपालको इतिहासकै निकृष्ट घटना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक