काठमाडौं। अस्ट्रेलियाको लोकप्रिय फ्रेन्चाइज टी २० क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।
नयाँ सिजनको ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् । यीमध्ये सन्दीप मात्रै बीबीएलमा खेलिसकेका छन् । उनले बीबीएलमा मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए । तर, गत सिजनमा उनले नाम दर्ता गराएपनि कुनै पनि टोलीले उनलाई सामेल गराएन । बीबीएलको अक्सन यही जुन १९ मा हुनेछ ।