आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ। आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो।

आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ दशमलव ९४ को कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव ९६, उत्पादन तथा प्रशोधन एक दशमलव ४७, निर्जीवन बिमा शून्य दशमलव शून्य सात र व्यापार समूह एक दशमलव शून्य आठ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ४४, वित्त शून्य दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ७६ र जीवन बिमा शून्य दशमलव ५४ प्रतिशतले घटेका छन्। त्यस्तै, लघुवित्त शून्य दशमलव ३१, म्यचुअल फण्ड शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले घटेका हुन्।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, पियोर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ४३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रु ८९ करोड एक लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २० लाख ७५ हजार एक सय ९७ कित्ता शेयर खरिदबिक्री भएको छ।

यो पनि पढ्नुहोस्

नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा

नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा

२ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा क्रिकेट रङ्गशाला बनाउन सुरू

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक